बिएल संवाददाता
म्यान्मारमा सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ११ जना मारिएका छन्। सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिनेहरु रंगुन र माण्डलेका आन्दोलनकारी हुन्।
प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर शुक्रबारसम्म कम्तीमा २३१ जनाको मृत्यु भएको छ।
'कू'विरूद्ध प्रदर्शन गरिरहेका जनतामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि हजारौँ मानिस घाइते भएको बर्मेली मिडिया ऐतावतीले जनाएको छ।
सेनाको गोली लागेर गत आइतबार एकै दिन ६३ जनाको मृत्यु भएको थियो। रंगुनको हाइलाङ थायेर क्षेत्रमा भएको नरसंहार 'कू' भएयता कै सबैभन्दा घातक मानिएको छ।
दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्।
जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको तत्काल रिहाईको माग गरिरहेका छन्।
सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन्।
राजनीतिको परम्परागत भागबण्डामा रास्वपाको ‘चकचकी’
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया