
बिएल संवाददाता
म्यान्मारमा सैन्य 'कू'विरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ११ जना मारिएका छन्। सुरक्षाकर्मीले चलाएको गोली लागेर मारिनेहरु रंगुन र माण्डलेका आन्दोलनकारी हुन्।
प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर शुक्रबारसम्म कम्तीमा २३१ जनाको मृत्यु भएको छ।
'कू'विरूद्ध प्रदर्शन गरिरहेका जनतामाथि प्रहरीले अन्धाधुन्ध गोली चलाएपछि हजारौँ मानिस घाइते भएको बर्मेली मिडिया ऐतावतीले जनाएको छ।
सेनाको गोली लागेर गत आइतबार एकै दिन ६३ जनाको मृत्यु भएको थियो। रंगुनको हाइलाङ थायेर क्षेत्रमा भएको नरसंहार 'कू' भएयता कै सबैभन्दा घातक मानिएको छ।
दक्षिण पूर्वी एसियाली देश म्यान्मारमा सेनाले सत्ता हातमा लिएपछि गत महिनादेखि हिंसात्मक प्रदर्शन भइरहेको छ। दिनहुँजसो शान्तिपूर्ण आन्दोलनमा स्वतन्त्र मानिसले विनाकारण ज्यान गुमाइरहेका छन्।
जनआन्दोलनमा प्रजातन्त्र पुनःस्थापनाको तीब्र आवाज उठिरहेको छ। उनीहरूले सैन्य हिरासतमा रहेकी प्रजातन्त्रवादी नेत्री आङ सान सु कीको तत्काल रिहाईको माग गरिरहेका छन्।
सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया