निर्मल खराल
म्यान्मार सैन्य ‘कू’को विरोधमा उत्रेका प्रदर्शनकारीको सरकारद्वारा हत्या गर्ने क्रम रोकिएको छैन। सैन्य शासन ‘जुन्ता’को चरम दमन हुँदाहुँदै हजारौं–हजार स्वतन्त्र बर्मेली शान्तिपूर्ण सडक आन्दोलनमा केन्द्रीत छन्।
सुरक्षा फौजको गोली लागेर ‘कू' भएयता सोमबार साँझसम्म २ सय ५४ प्रदर्शनकारीले ज्यान गुमाएका छन्। कतिपय घरमै बसिरहेका नागरिकमाथि सुरक्षकर्मीले अन्धाधुन्ध गोली चलाएर हत्या गरेको म्यान्मार नाउले जनाएको छ।
देशको दोस्रो ठूलो शहर माण्डलेस्थित विभिन्न गाउँ–टोलमा छापा मार्ने क्रममा सुरक्षा फौजले १३ वर्षे एक बालकलाई गोली हानी हत्या गरेको छ। सेनाद्वारा गरिएको आक्रमणबाट सोमबार माण्डलेको विभिन्न बस्तीमा ११ जनाले ज्यान गुमाएका छन्। च्यानम्याथिङ क्षेत्रमा कम्तीमा ४० प्रदर्शनकारी घाइते भएको उद्दारमा सहभागी सामाजिक कार्यकर्ताले जनाए।
‘हाम्रो टोलमा कुनै विरोधको कार्यक्रम थिएनन्। तर, जुन्ताका सैनिकहरूले एक्कासी छापा मार्दै आक्रमण गरे। उनीहरूले आँखाले देखेजति सबै नष्ट गरिदिए’, स्थानीय म्या यू नन्दरले भने। ‘उनीहरुको व्यवहार नराम्रो थियो। हामीहरूलाई धम्की पनि दिएका छन्’, नन्दरले थपे।
गाउँ–टोलसम्म छापा मार्न पुगेको सुरक्षा फौजले आक्रमण गर्नुका साथै, स्थानीयहरूको सवारी–साधन समेत जलाइदिएको छ। स्वतन्त्र नागरिकमाथिको आक्रमणलाई विरोध गर्दा फौजले अन्धाधुन्ध गोली चलाएको थियो।
सरकारी सुरक्षा फौजले आईतबार राति माण्डलेको च्यानम्याथिङ बस्तीको आङ पिन लिऊमा छापा मार्दै स्थानीयलाई आतंकित पारेको थियो। सैन्य फौजको विरोध गर्दा नागरिकमाथि घरेलु हतियार र बन्दुकले आक्रमण गरेको स्थानीयहरूको दाबी छ।
सैन्य दमनको विरोध गर्दै हजारौं मानिस सडकमा उत्रिएका छन्। उनीहरू प्रजातन्त्र पुनःस्थापनासँगै प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गरिरहेका छन्।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया