३ मिनेट बसेर सकिएको प्रदेश १ को प्रदेशसभा आज बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं
File Photo
File Photo

गत माघ ७ गते ३ मिनेट बसेर स्थगित गरिएको प्रदेश १ को प्रदेशसभा बैठक आज बस्ने भएको छ। 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड समूहका १६ सांसदहरु नेकपा ओली समूहद्धारा निलम्बित भएका थिए। निलम्बनमा परेका सांसदहरु प्रदेश सभाको बैठकमा प्रवेश गर्न नहुने ओली पक्षधर नेताहरुको धारणा छ।

उनीहरु बैठकमा प्रवेश गरे बैठक अवरोध गर्ने ओली समूहको तयारी रहेको बताईएको छ। ओली समूहले बैठकमा अवरोध गरे प्रचण्ड समूहका संसदहरु पनि प्रतिकार गर्न 'हाई अलर्ट'मा बसेका छन्।

प्रकाशित मिति: : 2021-02-07 12:21:00

प्रतिकृया दिनुहोस्