ढाकाकुमार श्रेष्ठ अडियाे प्रकरण

श्रेष्ठको अडियो प्रकरणबारे गुरुङले भने– चुप लागेर बस्नुहुँदैन, छानबिन गरिहालौँ

नेपाली काँग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस मागेको प्रकरणले लज्जाबोध गराएको बताएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङ सो घटनाको तत्काल छानबिन गर्नुपर्ने मागसमेत राखेका छन्।

‘प्रतिनिधिसभा सदस्य भइसकेकाले मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पादर्शी ढङ्गले गफगाफ गरेको सुनिन्छ। यो भन्दा लज्जाबोध के हुन सक्छ सभामुख महोदय ?,’ सांसद गुरुङले प्रश्न गरे।

उनले यसरी दूधको साँची बिरालो बस्नु बिडम्बना भएको प्रतिक्रिया दिए। सांसद गुरुङले अडियो प्रकरणबारे जारी बैठकबाटै छानबिन समिति गठन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने कुरालाई जोड दिए।

‘छानबिनको लागि आज यो संसदभित्रको एउटा प्रतिनिधिसभा सदस्यले गरेको वार्तालापको सन्दर्भमा भ्रष्टाचारको सन्दर्भमा, कमिसनको सन्दर्भमा यो संसद चुप लागेको बस्नु हुँदैन,’ उनले भने,‘सभामुख महोदय त्यसकारण आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निष्पक्ष छनबिन गर्नको लागि म माग गर्छु सभामुख महोदय।’

भिडियाे:

प्रकाशित मिति: : 2023-04-10 13:59:00

प्रतिकृया दिनुहोस्