भारतीय समकक्षी मोदीलाई प्रधानमन्त्री ओलीको टेलिफोन, आतंकवादविरुद्ध नेपालको साथ

फाइल तस्बिर
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन सम्पर्क गर्दै पहलगाममा भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले सामाजिक एक्समार्फत प्रधानमन्त्री मोदीसँग कुराकानी भएको बताएका छन्। उनले यस्ता जघन्य अपराधका विरुद्धको लडाइमा भारतलाई नेपालको साथ रहेको बताएका छन्।

त्यस्तै ओलीले उक्त आतंकवादी हमलामा ज्यान गुमाएका नेपाली नागरिकको ज्यान गएको घटनापछि भारतले व्यक्त गरेको समवेदनाप्रति धन्यवाद दिएका छन्।

प्रकाशित मिति: : 2025-04-23 16:02:00

प्रतिकृया दिनुहोस्