‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
बिएल संवाददाता
पाेखराबाट सुरू भएकाे अटेरी अभियानसँगै बालेन शाह र हर्क साम्पाङकाे विजयीबाट उत्साहित युवा जमात यतिबेला देशकाे नेतृत्व हात पार्ने लक्ष्यसहित अगाडि बढिरहेकाे छ। राजनीतिक दलमा लामाे समयदेखि प्रभुत्व जमाएर बसेका बुढाैली नेताबाट राज्यले निकास नपाउने देखेर युवाहरू देशकाे नेतृत्व आफ्नाे हातमा ल्याउने सुनाैलाे सपनासहित कम्मर कसिरहेका छन्। जसकाे नेतृत्व गरिरहेकाे छ,‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’।
गत जेठमा सम्पन्न स्थानीय तह निर्वाचनमा लाैराे चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडाैँमा बालेन र धरानमा हर्क लगायतले विजयी प्राप्त गरेपछि स्वतन्त्र युवाहरूले लाैराे चुनाव चिन्ह लिएर अगाडि बढ्ने अभिलासा राखिरहेका हुन्। गत स्थानीय तहकाे मत परिणामले नेताहरूबाट वाक्क भएका युवाहरूलाई वैकल्पिक शक्तिका रूपमा माैलाउने माहाेल सिर्जना गरिदियाे।
‘गत स्थानीय तह निर्वाचनमा हामी (स्वतन्त्र उम्मेदवारहरू)ले प्राप्त गरेकाे नतिजाकाे आडमा निर्वाचनकाे लागि स्वतन्त्रहरूकाे मैदान खडा भएकाे छ,’ स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानका प्रवक्ता हरि कार्की शुक्रबार बुटवलमा आयाेजित उम्मेदवार घाेषणा कार्यक्रममा भने।
कार्कीले भनेकाे स्वतन्त्रहरूकाे यसमा मैदानमा आउने चाहने युवाहरूकाे जमात निक्कै ठुलाे छ। अहिले देशका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा राजनीतिक दलका नेताहरूकाे विकल्पका रूपमा उम्मेदवारी दिने तयारी युवाहरूले गरेका छन्। यसरी देशकाे नेतृत्व हातमा लिनकाे लागि युवाहरू अगाडि बढ्नु सकारात्मक पक्ष हाे तर त्याे सकारात्मकतालाई नतिजामुखी बनाउकाे लागि निर्वाचन प्रणालीमै त्रुटि देखेर युवाहरू नयाँ मार्गमा लागेकाे कार्कीले बताए।
‘स्वतन्त्र उम्मेदवारहरूलाई राज्यले नै अन्याय गरेकाे छ। निर्वाचनकाे सात दिनअघि चुनाव चिन्ह दिन्छ, अब सात दिनमा कसरी प्रचार गर्ने ? चुनाव चिन्हमा अलमल भएकै कारण स्थानीय निर्वाचनमा हामीले साेचेअनुसारकाे नतिजा निकाल्न सकेनाैँ। त्यसैले अब स्वतन्त्र उम्मेदवारमा याे समस्या उत्पन्न नहाेस् भनेर हामी सबै स्वतन्त्र उम्मेदवारहरूकाे साँझा अभियानकाे रूपमा लाैराे अभियानकाे सुरूवात भएकाे हाे,’ प्रवक्ता कार्कीले भने।
स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानकाे संयाेजन सुमन सायमीले गरेका छन्। यो अभियानले देशैभरबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिन चाहेकालाई एकै ठाउँमा उभिन आग्रह गरेको छ। अभियानले बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सभाकाे आयाेजना गरेरै ‘लाैराे’ चिन्हबाट चुनाव लड्ने उम्मेदवारहरूकाे घाेषणा गरेकाे छ। भने, विभिन्न जिल्लाबाट पनि स्वतन्त्र उम्मेदवारी दिने घाेषणा गरिरहेका छन्।
बागमती प्रदेशमा प्रतिनिधसभा तर्फ काठमाडाैँ क्षेत्र नं. ८ बाट सुमन सायमी, काठमाडाैँ क्षेत्र नं. ५ बाट मधुसुदन पाठक (सितेबा), काठमाडाैँ क्षेत्र नं. ९ बाट विद्या श्रेष्ठ, ललितपुर क्षेत्र ३ बाट विद्या महर्जनले स्वतन्त्र उम्मेदवारी घाेषणा गरिसकेका छन्।
गत शुक्रबार बुटवलमा आयाेजित कार्यक्रमबाट प्रतिनिधिसभातर्फ रुपन्देही क्षेत्र नंं. १ मा विशाल बास्कोटा, क्षेत्र नं. २ मा डा.निकोलस भुसाल, क्षेत्र नं. ३ मा प्रख्यात बन्जाडे र क्षेत्र नं. ५ मा भीष्म राना तथा प्युठानबाट रामचन्द्र केसी, कपिलवस्तु क्षेत्र नं. १ बाट देबेन्द्रकुमार शर्मा, कैलाली क्षेत्र नं. ३ बाट रमेश आचार्य र कन्चनपुर क्षेत्र नं. २ बाट जगदिश अवस्तीले लाैराे चुनाव चिन्हबाट चुनाव लड्ने घाेषणा गरेका छन्।
शनिबार पाेखरामा सम्पन्न आयाेजित कार्यक्रमबाट प्रतिनिधिसभातर्फ मुस्ताङबाट राप्के गुरूङ, स्याङ्जा क्षेत्र नं. १ बाट अधिवक्ता सोमबहादुर नेपाली, नवलपुर क्षेत्र नं. १ बाट तुल्सी भुसाल र तनहुँ क्षेत्र नं. २ बाट विष्णु पराजुलीले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन्। भने, अन्य जिल्लाहरूबाट पनि उम्मेदवारी घाेषणा गर्ने क्रम जारी छ।
त्यसैगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानसँग जाेडिएर लाैराे चुनाव चिन्हमार्फत् निर्वाचन लड्नकाे लागि हालसम्म १ हजार ३ सय बढी स्वतन्त्र उम्मेदवारहरूले आवेदन दिएकाे प्रवक्ता कार्कीले जानकारी दिएका छन्। यसरी दशैभरबाट स्वतन्त्र युवाहरू लाैराे अभियानमा जाेडिएर उम्मेदवारी घाेषणा गरिरहेकाे उनले बताए। लाैराे अभियानसँग जाेडिएर स्वतन्त्र उम्मेदवारी दिने व्यक्ति कुनै राजनीतिक पनि दलमा आवद्ध नभएकाे, सामाजिक कार्य गरिरहेकाे, उच्चशिक्षा हासिल गरेकाे वा कुनै पेसामा काम गरेर अनुभव प्राप्त गरेकाे हुनुपर्नेछ।
स्वतन्त्र उम्मेदवारहरूकाे एकजुटकाे लागि लाैराे अभियान
निर्वाचन मिति घाेषणा भएसँगै युवाहरूले विभिन्न पेसा व्यवसाय नै छाेडेर चुनावमा हाेमिएका छन्। हालका राजनीतिक दलका नेताहरूबाट देशकाे विकास सम्भव नभएकाे बताउँदै युवाहरूले अधिकांश निर्वाचन क्षेत्रबाट राजनीतिक दलका विरूद्ध स्वतन्त्र उम्मेदवारी घाेषणा गरिरहेका छन्। यसरी सुरूमा सामाजिक सञ्जाल वा अनाैपचारिक रूपमै उम्मेदवारी घाेषणा गरिरहेकाहरू पनि अहिले लाैराे अभियानमा जाेडिएका छन्। स्वतन्त्र उम्मेदवारी नेता बन्न नभएर देश बनाउनकाे लागि भएकाेले सबै स्वतन्त्रहरू एकै हुनुपर्ने अवस्था सिर्जना भएकाेले लाैराे अभियानमा जाेडिएकाे स्वतन्त्र अधिकांश स्वतन्त्र उम्मेदवारहरूकाे भनाइ छ।
‘हामी स्वतन्त्र उम्मेदवारहरू नेता बन्न आएकाे हाेइन, देश बनाउन आएकाे हाे। त्यसैले हामी देश बनाउने युवाहरू एकजुट हुन जरूरी देखेर लाैराे अभियानमा जाेडिएँ,’ रूपन्देही क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेवारी दिएका डा. निकाेलस भुसालले भने।
त्यसैगरी कपिलवस्तु क्षेत्र नम्बर १ बाट लाैराे अभियानअन्तर्गत स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका देबेन्द्रकुमार शर्माले स्वतन्त्र उम्मेदवारी दिएपछि निर्वाचनकाे सात दिनअघि पाइने चुनाव चिन्हबाट प्रचारप्रसार पनि गर्न नसकिने र मतदाता पनि अलमल पर्ने भएकाेले अभियानसँग जाेडिएर चुनाव चिन्ह सुरक्षित गरेकाे बताए। ‘यसै पनि लाैराे चुनाव चिन्ह स्वतन्त्रहरूकाे ब्राण्ड बनेकाे छ, त्यसमाथि अहिलेदेखि नै लाैराे चुनाव चिन्ह सुरक्षित गरियाे भने मतदाता पनि अलमल नपर्नुहाेला कि भनेर म याे अभियानमा जाेडिएकाे हुँ,’ उनले भने।
त्यसैगरी कैलाली क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका रमेश आचार्यले पनि स्वतन्त्र उम्मेदवारहरू एकै ठाउँमा रहेर अगाडि बढियाे भने निर्वाचन जित्न पनि सजिलाे हुने र परिवार्तनकारी युवाहरू एकजुट हुन पाइने भएकाेले लाेराै अभियानमा जाेडिएकाे बताए।
मंसिर ४, लाैराे सरकार
त्यसैगरी स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियानले सबै उम्मेदवारहरूका लागि विभिन्न एजेण्डाहरू तय गरेकाे छ। जसमा देशभरिका सम्पूर्ण सरकारी विद्यालयलाई गुणस्तरिय र निःशुल्क बनाइने, बैदेशिक रोजगारमा रहेका सम्पूर्ण नेपालीका परिवारहरुलाई निःशुल्क स्वास्थ उपचार गरिने, मोटरसाइकल सवारी साधन चालकको रु. १०,००,००० सम्मको बिमा गरिने र स्थानीय तह सधैं स्वतन्त्र हुने निति हुने लगायतका प्रतिबद्धता गरिएकाे छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया