एमएम नरावणे कात्तिक १९ गते नेपाल आउने

भारतीय सेनाध्यक्ष जनरल एमएम नरावणे यही कात्तिक १९ गते नेपाल आउने भएका छन्।

नेपाली सेनाले मंगलबार एक सूचना जारी गर्दै  प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेकाे जानकारी दिएकाे हाे।

कार्यक्रमअनुसार भ्रमणको मुख्य अशंकोरुपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार नरवणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ दर्ता प्रदान गर्नेछिन्।

नरवणेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको छ।

तीन दिने भ्रमणका लागि आउन लागेका नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्ष पूर्णचन्द्र थापासँग छलफल गर्ने सूचनामा जनाइएकाे छ।

यस्तै उनले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रमसमेत रहेको नेपाली सेनाका प्रवक्ता सन्तोशबल्लभ पौडेले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-10-27 18:09:00

प्रतिकृया दिनुहोस्