यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
बिएल संवाददाता
नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाली काँग्रेस नेता एवम् पूर्व गृहमन्त्री बालकुष्ण खाँणले आफू त्यो प्रकरणमा संलग्न नभएको जिकिर गरेका छन्।
प्रहरी नियन्त्रणमा रहेका आरोपितहरुले नक्कली शरणार्थी प्रकरणमा खाँणको पनि प्रत्यक्ष संलग्नता रहेकाे बयानमा आधार रहेर सञ्चार माध्यमहरुले समाचार संप्रेषण गरेपछि खाँणले विज्ञप्ति नै जारी गरेर त्यसमा आफू संलग्न नरहेको दाबी गरेका छन्।
‘तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँद नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्यौल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार संप्रेषित नगरी दिनुहुन अनुरोध छ,’ उनले विज्ञप्तिमा उल्लेख छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको अरोप लागेका खाँण २०७८ असार २९ देखि २०७९ पुस ११ सम्म पटक–पटक झापा पुगेको जिल्ला प्रशासनका अधिकारीहरूले बताएका छन। उनी कहिले शरणार्थी समस्याको कुरामा, कहिले दुलाल–भण्डारीको टोलीमा र कहिले भेला–बैठकमा सहभागी हुने नाममा झापा पुगिरहेको झापाका एक प्रशासन अधिकारीले बताएका छन्।
त्यस्तै पक्राउ परेका आरोपितहरुले खाँणकी श्रीमती मञ्जु खाँणले आफूहरुबाट पाँच करोड बुझेकाे प्रहरी बयानमा बताएका छन्।
विज्ञप्ति :

यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया