लक्ष्मण पौड्याल
मेरा आँसुहरूले
लेखेको संविधान भित्र
रगतको खोला बगेको छ
मैले न्यायको भिख मागेर
आफ्नो प्राणसंगै
जिन्दगीको महँगो उपहार
यही देशलाई दिएको छु
भोलिको मलामी र
आजको जन्तीलाई
म विश्वास गरौँ कसरी
बल्दो अग्नीममा
प्राणको आहुती हालेर
शान्तीको कामना खोज्ने
त्यो न्यायालय
आज अन्धो भएको छ
मेरा सन्ततिहरू
लुला र लङ्गडा भएको
कयौँ वर्ष भइसक्यो
आफ्नो वक्षस्थलमा
बन्दुकको खोली राखेर
न्यायको भिख माग्न
आन्दोलनको आवाज उठाएका हुन्
आज लोचनमा पट्टि बाँधेको
त्यो काँतर मेरो सैनिक
भागेको छ धेरै टाढा
तड्पिएर बाँच्न
जिन्दगीको मरूभूमिमा
हाम्रो समय आयो अब
हर्षका आँसुहरूले
विजयको झन्डा फर्फराएर
पहाड र तराईका
ती पाषाणहरूमा
लेखि दिनु छ केही
वीरगति प्राप्त गरेका
वीर व्यक्तित्वहरूको नाम
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया