लक्ष्मण पौड्याल
मेरा आँसुहरूले
लेखेको संविधान भित्र
रगतको खोला बगेको छ
मैले न्यायको भिख मागेर
आफ्नो प्राणसंगै
जिन्दगीको महँगो उपहार
यही देशलाई दिएको छु
भोलिको मलामी र
आजको जन्तीलाई
म विश्वास गरौँ कसरी
बल्दो अग्नीममा
प्राणको आहुती हालेर
शान्तीको कामना खोज्ने
त्यो न्यायालय
आज अन्धो भएको छ
मेरा सन्ततिहरू
लुला र लङ्गडा भएको
कयौँ वर्ष भइसक्यो
आफ्नो वक्षस्थलमा
बन्दुकको खोली राखेर
न्यायको भिख माग्न
आन्दोलनको आवाज उठाएका हुन्
आज लोचनमा पट्टि बाँधेको
त्यो काँतर मेरो सैनिक
भागेको छ धेरै टाढा
तड्पिएर बाँच्न
जिन्दगीको मरूभूमिमा
हाम्रो समय आयो अब
हर्षका आँसुहरूले
विजयको झन्डा फर्फराएर
पहाड र तराईका
ती पाषाणहरूमा
लेखि दिनु छ केही
वीरगति प्राप्त गरेका
वीर व्यक्तित्वहरूको नाम
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया