काठमाडौं । बीमा समितिका ५ जना कर्मचारीलाई कोरोना संक्रमण पोजेटिभ देखिएपछि कार्यालय एक साताको लागि सिल गरिएको छ ।
समितिका एक कर्मचारीका अनुसार ५ जना कर्मचारीलाई एकै पटक कोरोना पोजेटिभ देखिएपछि आइतबार बीमा समितिको कार्यालयमा शिल गरिएको हो ।