जम्मूद्वीपमा कलियुगको इन्द्रले
रम्भा, उर्वशी र मेनकालाई फेरि भेला पार्दैछ
तर, कुनै विश्वामित्रको तपस्यालाई खण्डित पार्न होइन,
यस युगको मेनकाले
विश्वामित्रको स्पर्श पनि गर्नु पाउँदिन
उर्वशी र रम्भाले अर्जुनको स्पर्श गर्नु पाउँदैनन।
किनभने कलियुगको इन्द्रले
विश्वामित्र र अर्जुनको स्वरुप भिरेको रति क्रियाको
चरम सुख भोग्न
रम्भा, उर्वशी र मेनकालाई कतै जान दिँदैन
उ अहिले
अहम ब्रह्मा,
अहम विष्णु
अहम महेश्वर देव भव
भएर आफ्नो मनको मधुशालालाई
उसले स्वर्गको भोग विलास गर्ने केन्द्र बनाइएको छ।
अनि फेरि फेरि
उ रम्भा, उर्वशी र मेनकासँग जोडिएको हुन्छ
उसले धर्मको नाममा मन अधर्म गर्दैछ
अनि कविता कविता भन्दै
सबिता भाउजूको कथा लेख्दै छ
हे कलियुगको इन्द्र
तिमी आफ्नो क्रियाकलापको ऐरावतमा चडेर
नग्नतालाई बेचेर
समाजलाई सुधारने प्रयास नगर
तिम्रो एरावत
तिम्रो रम्भा
तिम्रो उर्वशी
तिम्रो मेनका
र
तिम्रो मनको मधुशालालाई
अब कालापानीको कुण्डमा डुबाइ देउ
नत्र भने
कलियुगको रावणले तिम्रो वध गर्ने छ
अनि भगतसिंहले ब्रिटिश असेंबली भने सरी
इन्कलाब जिन्दावाद
जिन्दावाद, जिन्दावाद भन्दै
तिमीलाई जम्मूद्वीपबाट चिर हरण गरेर लखेट्ने छ।
किनभने अब दुशासनले होइन
द्रौपदीले दुशासनको चिर हरण गर्ने छ।
अनि तिम्रो
रम्भा, उर्वशी र मेनका सधैँ सधैंको लागि
अज्ञात बास पस्ने छन्
हे कलियुगको इन्द्र
तब कृष्ण रुपी समाजले तिम्रो नग्नतामा कविता लेख्ने छ।
अनि फेरि तिम्रो चिरहरण
कलियुगको अधर्म प्रति
धर्म स्थापनाको विजय चिरहरण भनेर
आउने पिढीले पढ्ने छन्।