शेयरबजारमा फेरि सुधार, नेप्से सूचक १५.८७ अंकको वृद्धि

बिएल संवाददाता

काठमाडाै‌ं
Breaknlinks
Breaknlinks

शेयरबजार बुधबार सकारात्मक देखिएको छ । नेप्से सूचक १५.८७ अंकले बढेर २३४२.७६ विन्दुमा पुगेको छ ।

२११ कम्पनीको ६ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ५९ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । जीवन बिमा, फाइनान्स, निर्जीवन बिमा लगायतका समूहमा बढी तेजी आएका छन् ।

छिनछिनको उतारचढावका बाबजुद पनि नेप्से हरियो भएरै बन्द भएको हो । अन्तिम प्रहरमा बजार थप बलियो देखिएको हो । 

गत सातादेखि लगातार बढेको बजार मंगलबार केही करेक्सन भएको थियो । सूचकले निरन्तरजसो माथिल्लो रेखाहरु कोर्दै गएपछि लगानीकर्ता थप उत्साहित भएका छन् ।

बजार अझै कति बढ्ला अनि कहिलेसम्म वृद्धिक्रम जारी रहला भन्ने पनि आम लगानीकर्तामा निकै चासो र कौतुहलता रहेको देखिन्छ । बजार विश्लेषकहरुका अनुसार बुलिस प्रवृत्तिमा बजार अझै लामो समय रहनसक्छ । विगतमा पनि बुलिस बजार ४–५ वर्षसम्म टिकेको थियो । बैंक ब्याजदर, अधिक तरलता लगायतका प्रमुख पक्षले पनि साथ दिइरहेको छ ।

१५ कम्पनीको भाउ ९% भन्दा बढीले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसको ६१ करोड ४० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

प्रकाशित मिति: : 2021-01-20 16:07:00

प्रतिकृया दिनुहोस्