व्यक्तिगत प्यान अनलाइन मार्फत लिन सकिने

मंगलबारदेखि व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) अनलाइन मार्फत पनि लिन सकिने भएको छ। आन्तरिक राजस्व विभागले भदौ १६ गते बुधबार देखि डिजिटल प्रक्रियावाट प्यान नम्बर दिने भएको हो ।

कोरोना महामारीका कारण अधिकांश जिल्लाहरुमा निषेधाज्ञा जारी भएको अवस्था छ। करदाता यस्तो अवस्थामा कार्यालयसम्म पुगेर प्यान लिन नसक्ने भएकाले अनलाईन मार्फत दिने व्यवस्था गरेको आन्तरिक राजस्व विभागका उप महानिर्देशक मुक्तीप्रसाद पाण्डेले जानकारी दिए।

प्यान नम्बर लिन चाहने व्यक्तिले विभागको वेबसाइट मार्फत वा मोवाइल एप्लीकेसन मार्फत आवेदन दिन सक्ने पाण्डेले बताए। उनले अहिलेको अवस्थामा व्यक्तिगत विवरण र नागरिकताको फोटो अपलोड गर्नु पर्नेछ, यसरी व्यक्तिगत विवरण भरेपछि प्यान नम्बर उपलब्ध हुनेछ । यसरी उपलब्ध भएको प्यान नम्बर प्रयोग गर्न सकिन्छ।

तर, कोरोना महामारीको अवस्था सहज भएपछि अनलाइन मार्फत लिएको प्यान नम्बर र सक्कली नागरिकता सहित कर कार्यालयमा सम्पर्क गरेपछि प्यान प्रमाणपत्र पाइने समेत उनले बताए। विभागले आफ्नो वेबसाइटलाई अध्यावधिक गरेर विगतको तुलनामा धेरै एड्भान्स समेत बनाएको छ । कर छुट देखि तिर्न बाँकी रहेको विवरण सम्म वेबसाइट मार्फत नै हेर्न सकिने व्यवस्था गरेको छ । त्यसका साथै कर चुक्ताको प्रमाणपत्र समेत वेबसाइट मार्फत लिन सकिने व्यवस्था विभागले गरेको छ।

अहिलेसम्ममा करिब ३४ लाखले स्थायी लेखा नम्बर लिएका छन । यस मध्ये व्यक्तिगत रुपमा प्यान लिनेको संख्या २० लाख छ ।

प्रकाशित मिति: : 2020-09-01 17:46:44

प्रतिकृया दिनुहोस्