
न्यायका निरीह सात वर्ष
मधुसूदन भट्टराई
स्वाधीनतामा पनि बन्ध कस्तो
दामी थियो देश भएछ सस्तो
यो न्यूनताले कतिमा छुने हो
खै के भयो खै अब के हुने हो ॥१॥
गोली चलाएर जमात मार्यो
स्वर्णाभ धर्ती रगताम्य पार्यो
के चीज छर्की खत यो धुने हो
खै के भयो खै अब के हुने हो ॥३॥
अन्धो बनी राज्य चलाउँदैछ
बच्चा युवा वृद्ध ढलाउँदैछ
यो ताडनाले कति झन् रुने हो
खै के भयो खै अब के हुने हो ॥२॥
आतङ्ककारी खल दृष्टलाई
सत्तासनी बाट छिटै हटाई
ती शीर्ष नेता कहिले फुने हो
खै के भयो खै अब के हुने हो ॥४॥
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया