
बिएल संवाददाता
प्रहरी निरीक्षक श्यामकुमार बस्नेतको कमाण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय श्रीपुरले अपराध नियन्त्रणमा उल्लेखनीय प्रगति हासिल गरेको छ।
विगत १० महिनाको अवधिमा प्रहरी निरीक्षक बस्नेतको कमाण्डमा वडा प्रहरी कार्यालयले भन्सार छली रोकथाम, तस्करी रोकथाम, लागू औषध नियन्त्रणदेखि फरार प्रतिवादी पक्राउसम्म उत्कृष्ट कार्यसम्पादन गरेको छ।
शान्ति सुरक्षाको सुनिश्चितताका लागि श्रीपुर प्रहरीको सक्रियताले स्थानीयवासीहरू पनि खुसी रहेको बताउँछन्। सिपाही पदबाट सेवा प्रवेश गरेका बस्नेत असई हुँदै क्रमशः उत्कृष्ट कार्यसम्पादनका आधारमा निरीक्षक बनेका हुन्।
प्रहरी निरीक्षक बस्नेतको नेतृत्वमा श्रीपुर प्रहरीले भन्सार छली गरी ल्याइएका करिब २९ हजार ४१ हजार ३३५ बराबरको दैनिक उपभोग्य सामानहरू, ४ वटा मोटरसाइकल, भारतको ड्राइपोर्ट हुँदै नेपाल भित्रिएका तथा बिल/बिजकमा उल्लेखभन्दा बढी मात्रामा माल लोड गरी ल्याइएका १ करोड ०७ लाख ४० हजार बराबरको मालसामान सहितका सवारी साधनहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाइएको छ।
त्यस्तै लागुऔषध नियन्त्रणमा पनि वडा प्रहरी कार्यालयले सफलता हासिल गरेको छ। विभिन्न मितिमा लागु औषधसहित २४ जना पुरुष र १ महिला गरी २५ जनालाई पक्राउ गरि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको छ।
अदालतबाट फैसला भइसकेका तर फरार रहेका २७३ जनालाई अदालतमा पेश गर्दा मुद्दा चलिरहेका २४ जना पुरुष र दुई महिलालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाउको छ।
त्यस्तै काठ तस्करीमा संलग्न सवारीसाधनसहित पिठूवा जातको काठ र काठबाट बनेका तयारी सामान बरामद गरी डिभिजन वन कार्यालय पर्सामा बुझाइएको छ।
विभिन्न मितिमा अवैध बालुवा उत्खनन र ओसारपसारमा संलग्न ९ वटा ट्र्याक्टर नियन्त्रणमा लिइ विरगंज महानगरपालिकामा बुझाएको छ। यता कालोबजारी नियन्त्रणमा कठोर बनेको प्रहरी निरीक्षक बस्नेत नेतृत्वको वडा प्रहरी कार्यालयले खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना मासु पसल सञ्चालकहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया