मधुसूदन भट्टराई
म्यान्मारमा जारी सैन्य 'कू' विरुद्ध पछिल्लो समय विश्वव्यापी रुपमा विरोध भइरहेको छ।
सेनाले निर्दोष बच्चादेखि वृद्धसम्मलाई झण्डै तीन महिनादेखि गोली ठोकेर हत्या गरिरहेकाे छ। प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि सरकारी सुरक्षा-फाैजले अन्धाधुन्ध गोली चलाउँँदा सात सय बढी नागरिकलेे ज्यान गुमाइसकेेेका छन्। तरपनि सेनाकाे मानवीय संवेदनामाथिको क्रूरता राेेेकिएकाे छैन।
उक्त क्रूरता र मानवीय हिंसा रोक्न विभिन्न अन्तर्राष्ट्रिय निकायले अनेकन प्रयास थाल्दा समेत सैन्य सत्ताले कुनै वास्ता गर्दैन।
यसैबीच शनिबार (२४, अप्रिल) सम्पन्न भएको आसियान सम्मेलनले म्यान्मार सैन्य बर्बरता रोक्न ५ बुँदे सहमति जारी गरेको छ।
सैन्य 'कू'ले म्यान्मारमा निम्त्याएको अशान्तिलाई लिएर दक्षिण पूर्वी एसीयाली राष्ट्रहरूको संङ्गठन (आसियान)ले सम्झौताको लागि पहल थालेको हो।
इण्डोनेशियाको जकार्तामा सम्पन्न भएको आपतकालीन सम्मेलनमा थाईल्याण्ड, फिलिपिन्स, लाओस, म्यान्मार लगायतका देशहरू सहभागी थिए। आसियान सम्मेलनले म्यान्मार सेनालाई सबै राजनीतिक बन्दीहरुलाई तुरुन्त रिहा गर्न पनि आग्रह गरेको छ।
म्यान्मार सैन्य बर्बरता रोक्न आसियान सम्मेलनले जारी गरेका ५ बुँदे सहमतिहरू यस्ता छन्ः
१. म्यान्मारमा भइरहेको हिंसाको तत्काल अन्त्य गर्ने र सबै पक्षहरूलाई संयमपूर्वक कार्य सञ्चालन गर्ने
२. जनताको हितका लागि शान्तिपूर्ण समाधान खोज्न सबै पक्षसँग रचनात्मक वार्ता गर्ने
३. आसियानका महासचिवको सहयोग र वार्ता प्रक्रियाको कार्यान्वयनमा आसियान अध्यक्षका विशेष दूतलाई मध्यस्थता मान्नुपर्ने
४. आसियान मानवीय सहायता विभागमार्फत बर्मा देशलाई सहयोग प्रदान गर्ने
५. सबै पक्षहरुसँग भेट गर्नका खातिर आसियानका विशेष दूत र प्रतिनिधि मण्डल पठाउने
सहमतिमा सेनाले गरेको सत्ताहरण र थुनामा परेका व्यक्तिहरूको विषयमा भने केही उल्लेख गरिएको छैन। जारी भएको उक्त सम्झौतालाई सबैले अर्थपूर्ण रुपमा हेरेको अधिकारीहरुले जनाएका छन्।

जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया