नागरिक अवज्ञा आन्दोलन (सिभिल डिसोबेडियन्स मूभमेन्ट) मा सरकारी कर्मचारी मात्र हैन प्रत्येक नागरिकहरू सम्मिलित हुन पर्छ।
यो देशमा धेरै नेपालीहरूले नागरिकता सजिलै पाएका छन् भने नागरिकता पाउन कठिन भएका कतिपय नेपालीहरूको लागि नागरिकता प्राप्त होस् भन्ने हेतुले हाम्रो केन्द्रिय संघले अनेकौं दुःखद परिस्थितिको सामना गरेर नागरिकता दिलाउन यथा सम्भव सफलता प्राप्त गरेको छ।
अतः यो देशमा जन्मिएर यो देशको नागरिकता अप्नाए पछि आ-आफ्नो क्षेत्रबाट देशको संरक्षण र संवर्धन गर्ने प्रत्येक नागरिकहरूको कर्तव्य हुन्छ। देशको हाल, चाल, परिस्थितिलाई बुझेर गर्न हुने वा गर्न नहुने कुरामा निर्णय गर्न सक्नु पर्छ।
स्वयंलाई गर्नुपर्ने प्रश्नहरू:
- यो देशको नागरिक भएर के नागरिक हुनुको कर्तव्य पूरा गर्याैँ त?
- हामी तीन औँला उठाएर सरकारी कर्मचारीहरूलाई नागरिक अवज्ञा आन्दोलन गर्न प्रेरित त गर्छाै तर के हामी स्वयं त्यस आन्दोलनमा सम्मिलित छौँ त?
- स्वतन्त्रता प्राप्तिको लागि संघर्ष गरेर वीरगति प्राप्त गरेका सहीदहरूलाई श्रद्धाञ्जलि र उहाँहरूका शेष परिवारलाई समवेदना प्रकट गर्याैँ त?
- आततायीको ताडन सहन नसकेर ज्यान जोगाउन जङ्गल भागेका लाखौँ निराश्रयी, भोका, प्यासा, पीडित जनताहरूलाई यथाशक्ति सहयोग गर्याैँ त ?
- अन्याय देख्न नसक्ने हामीले हाल भइरहेको अन्याय विरुद्ध कहिल्यै केही बोल्यौँ त ?
हामीले जित्न नसकेको कारण नै नागरिकहरूको बेवास्ताले हो।
अब हाम्रो पालो आएको छ...
हालमा नै सत्ताभोगी गैरसरकारी निर्देशन अनुसार देशीय स्कुल भरणा गर्नुपर्ने र स्कुल प्रारम्भ गर्नुपर्ने निर्देशन गरेको छ। स्कुल पढ्ने धेरै नागरिकहरूकै सन्तान हुन्छन्। यदि नागरिक बाबु-आमाहरूले आफ्ना बाल-बच्चाहरूलाई अत्याचारीहरूको खुट्टा तल मिचाएर स्कुल भरणा नगर्ने र स्कुल नपठाउने दृढ निश्चय गरी यस नागरिक अवज्ञा आन्दोलनमा सम्मिलित हुने हो भने ९९.९९ प्रतिशत हाम्रो जीत निश्चित छ।
डाक्टर, इन्जीनियर, पाइलट, अध्यापक, बैंक, कम्पनी, सरकारी कर्मचारी तथा अन्य संस्थाहरूले आ-आफ्नो क्षेत्रबाट नागरिक अवज्ञा आन्दोलन गरेर स्वतन्त्रता र शान्ति प्राप्तिको लागि आवाज उठाइरहेको समयमा हामी शेष नेपाली नागरिकहरू पनि सम्मिलित बनौँ भन्ने बिन्ती गर्न चाहन्छु।
हामी सेलाएर हुँदैन
हामी निदाएर हुँदैन
जनचेतना जाग्रित होस्-
आफूँ पनि जागौँ र अरूलाई पनि जगाऔँ...