बिएल संवाददाता
गाजामा हमासको नियन्त्रणमा मारिएका नेपाली युवा विपिन जोशीको शव आज नेपाल ल्याइँदैछ।
विपिनको शव बोकेको विमान मंगलबार दिउँसो २:३० बजे त्रिभुवन विमानस्थल अवतरण गर्नेछ।
विपिनलाई श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू, परराष्ट्र मन्त्रालयलका अधिकारीहरू दिउँसो त्रिभुवन विमानस्थल जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
दुई वर्षअघि पढ्दै–कमाउँदै कार्यक्रममा इजरायल पुगेका विपिन त्यहाँ पुगेलगत्तै हमासको कब्जामा परेका थिए।
दुई वर्षसम्म अज्ञात अवस्थामा रहेका विपिनको मृत्यु भएको जानकारी गराउँदै हमासले केही दिनअघि मात्र उनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो।
सोमबार इजरालमा विपिनलाई अन्तिम श्रद्धाञ्जली दिएर आज नेपाल पठाइएको हो। आजै दिउँसो उनको शव त्रिभुवन विमानस्थलमा आइपुग्दै छ।
विपिनलाई श्रद्धाञ्जली दिन शुभेच्छुकहरू विमानस्थलमा भेला हुन थालेका छन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया