नक्कली भुटानी शरथार्थी प्रकरण

एमाले उपाध्यक्ष ‘बादल’का छोरा प्रतीक थापा पक्राउ

Break n Links
Break n Links

एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल)का छोरा प्रतीक थापा पक्राउ परेका छन्।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका प्रतीकलाई प्रहरीले काठमाडाैँस्थित बौद्धबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

उनीविरुद्ध गत २०८० वैशाखमा काठमाडाैँ जिल्ला अदालतबाट पक्राउ पूर्जी भएकाे थियाे।

सुरुमा यस प्रकरणकाे अनुसन्धानमा सघाउने बताएका प्रतीक पक्राउ पूर्जी जारी भएकाे केही दिनमा फरार भएका थिए।

प्रकाशित मिति: : 2024-06-28 20:08:00

प्रतिकृया दिनुहोस्