होम क्वारेन्टाइनमै काेराेना संक्रमितको मृत्युु

विराटनगर ६ का एक कोरोना भाइरसबाट संक्रमितको होम क्वारेन्टाइनमै मृत्युु भएको छ। दीर्घरोगीसमेत रहेका ४५ वर्षीय उनलाई एक्कासी स्वास प्रस्वासमा समस्या भएपछि बिहिबार राति मृत्यु भएको वडाध्यक्ष विजय कामतले जानकारी दिए।

वडाध्यक्षका अनुसार तीन दिनअघि कोरोना पुष्टि भए उनी घरमै आराम गरिरहेका थिए। तर, एक्कासि श्वावप्रश्वासमा समस्या देखिएपछि बिहीबार राति ८ बजे उनको मृत्युु भएको हो। 

प्रदेश १ मा हालसम्म सुनसरीका १ र मोरङका १३ जनाका मृत्युु भइसकेको छ। त्यसमध्ये ३ महिला  छन्। 

प्रकाशित मिति: : 2020-08-21 10:53:19

प्रतिकृया दिनुहोस्