महालेखाको तथ्यांक

सरकारी कार्यालयमा ११ अर्ब २८ लाख मूल्य बराबरको गाडी

४३ निकायसँग ८७ अर्ब २३ करोड रुपैयाँ बराबरको सम्पत्ति

रातोपाटी

काठमाडाैं

सरकारी कार्यालयमा ११ अर्ब २८ करोड ४५ लाख २६ हजार ५ सय ९५ रुपैयाँ बराबरको कार तथा जीप रहेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

३ हजार सरकारी कार्यालयमा (संघीय सरकारको मात्र) सो मूल्य बराबरको गाडी रहेको तथ्यांकमा उल्लेख छ। यस्तै २ अर्ब ७ करोड २ लाख ७० हजार रुपैयाँ बराबरको मोटरसाइकल सरकारी कार्यालयमा छन्।

महालेखा नियन्त्रकको कार्यालयले राख्न शुरु गरेको सार्वजनिक सम्पत्तिको अभिलेखमा सो मात्रामा गाडी रहेको देखिएको हो। सरकारको सम्पत्ति कति र कुन अवस्थामा रहेको छ अभिलेखमा हेर्न सकिनेछ। यसमा जिन्सी सामानको मात्र अभिलेख राखिएको छ।

यद्यपि महालेखाले अहिले सरकारी सम्पत्तिको अभिलेख राख्ने क्रममा हाल सरकारी कार्यालयको मात्र अभिलेख राखिरहेको छ।

हालसम्म संघीय सरकारको ३ हजार कार्यालय, प्रदेश सरकारको ५ सय र स्थानीय सरकारको ४ सय कार्यालयको अभिलेख राखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

ती कार्यालयको सम्पत्ति  संघीय सरकारको ८७ अर्ब रुपैयाँ बराबर,  प्रदेश सरकारको १० अर्ब र स्थानीय सरकारको ८ अर्ब बराबर रहेको अभिलेखमा देखिन्छ।  

प्रकाशित मिति: : 2021-05-04 10:46:00

प्रतिकृया दिनुहोस्