इलामको सूर्योदय नगरपालिकाको करफोकस्थित क्वारन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ।
भारतको हैदराबादबाट आएर क्वारेन्टाइनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका २२ वर्षीय युवकको आइतबार राती मृत्यु भएको हाे।
उनी साउन २६ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए।
स्वास्थ्यमा समस्या भएपछि आइतबार बिहान १० बजे देखि सूर्योदय नगरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेको थियो।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईका अनुसार मृतकको पीसीआर रिपोर्ट सोमबार दिउँसोसम्म आइपुग्ने छ।
२९ गते नै उनको स्वाब संकलन गरी मेची अञ्चल अस्पताल पठाइएको हो।