ललितपुरको धापाखेलस्थित सुमेरू अस्पतालमा उपचार गराउन आएका केही बिरामीमा कोरोना संक्रमण देखिएको छ ।
मृगौलालगायत विभिन्न खाले समस्याका कारण उपचार गराइरहेका बिरामीमा कोरोना संक्रमण देखिएको ललितपुर महानगरपालिका २३ का वडाअध्यक्ष भुयुकाजी महर्जनले जानकारी दिए।
उनका अनुसार डायलसिस तथा सर्जरी गर्नका लागि करीव दुई सातादेखि अस्पताल बसेका तीन जना बिरामीको पीसीआर परीक्षण गरिएको थियो।
शनिबार उनीहरुको रीपोर्ट पोजेटिभ आएको थियो। यो सँगै उनीहरूको उपचारमा खटीएका नर्स तथा ओपीडीका सम्पूर्ण कर्मचारीलाई सातदोबाटोस्थित एसीयन कलेजमा क्वारेन्टाइनमा राखिएको छ। संक्रमितहरुलाई सुमेरुलेनै फरक वार्डमा राखेर उपचार गराइएको छ ।
स्वास्थ कार्यालय ललितपुरका अनुसार सुमेरूका एक चिकित्सकलाई पनि कोरोना लागेको बताएको छ। उनको रिपोर्ट शनिबार आएको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार ललितपुरमा आइतबारसम्म तीन सय दुई जना संक्रमित देखिएका छन्। आजै मात्र ३८ जना नयाँ संक्रमित भएका थिए।