विश्वकप फुटबल

यी चर्चित खेलाडीले गुमाउँदै छन् कतार विश्वकप

Photo: Agency
Photo: Agency

कतारमा हुने २६औँ संस्करणको विश्वकप फुटबल सुरु हुन अब केही दिन मात्र बाँकी छ। अहिले सबै फुटबलप्रेमीको ध्यान कतार विश्वकप फुटबलमा छ। विश्वकपमा सहभागी हुने राष्ट्र, खेलाडी र खेलबारे विभिन्न अनुमान र चर्चाहरु भइरहेका छन्।

चर्चाको प्रमुख विषयमा छन्, खेलाडीहरु। यसपटक कुन खेलाडीले कस्तो खेल्लान्, कुन राष्ट्रबाट कस्ता–कस्ता खेलाडी सहभागी हुँदैछन् ?, आफूलाई मनपर्ने खेलाडीले यो विश्वकप खेल्दैछ कि छैनन् ? धेरैको मनमा यस्ता प्रश्नहरु आइरहेका छन्।

हो, विगतका विश्वकपमा चर्चामा रहेका केही विश्वप्रसिद्ध खेलाडीहरुले यसपटकको प्रतियोगीता गुमाउँदै छन्। जसले विश्वका प्रतिष्ठित क्लाबहरुबाट खेलेर दर्शकको मन जितेका थिए, तीमध्ये केही खेलाडीहरु यसपटक विश्वकपको मैदान बाहिरै रहने छन्। यस पटकको विश्वकप गुमाउने खेलाडीहरुको सूचीमा फ्रान्सका मिडफिल्डर पब्ल लाबिल पोग्बा, इङ्ल्याण्डका रीस जेम्सलगायत चर्चित खेलाडीहरु पनि छन्। उनीहरुमध्ये केहीले स्वःइच्छाले सन्न्यास लिएका छन् भने कतिले चोटका कारण विश्वकप गुमाउँदैछन्।

यी हुन्, कतार विश्वकप गुमाउने चर्चित खेलाडीहरु :

पब्ल लाबिल पोग्बा

साविक बिजेता फ्रान्सका २९ वर्षीय मिडफिल्डर पोग्बाले यस वर्षको विश्वकप गुमाउने भएका छन्। उनले घुँडाको चोटका कारण विश्वकप गुमाउनु परेको हो। इटालियन क्लव युभेन्टसबाट खेल्दै आइरहेका उनी गत सेप्टेम्बरमा दाहिने घुँडामा चोट लागेपछि टिम बाहिर छन्।

१९ वर्षमै विश्वप्रख्यात क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने मौका पाएर चर्चामा रहेका उनले २०१८ को विश्वकपको फाइनल प्रतिस्पर्धामा महत्वपूर्ण भूमिका खेलेका थिए। यसपटक भने दर्शकले उनलाई मैदानमा देख्न पाउने छैनन्।

यानगोलो कान्टे

सन् १९९१ मा फ्रान्समा जन्मेका यानगोलो कान्टेले पनि यसवर्षको विश्वकप गुमाउने भएका छन्। उनी फ्रान्सका राष्ट्रिय टोली तथा फुटबल क्लब चेल्सीका मिडफिल्डर हुन्। उनले सन् २०१६ मा राष्ट्रिय टोलीबाट डेव्यु गरेका थिए। 

सन् २०१७ को 'फ्रेन्च प्लेयर अफ द एयर' बनेका उनी सेप्टेम्बरमा चोट लागेपछि खेलबाट बाहिरेका थिए। 

सन् २०१८ को विश्वकपमा उनले आफ्नो देशको लागि महत्वपूर्ण योगदान गरेका थिए।

टिमो वेर्नर

जर्मनीका स्ट्राइकर २६ वर्षीय टिमो वेर्नरले पनि कतार विश्वकप गुमाउने भएका छन्। च्यामिनेसिप लिगमा घुँडामा चोट लागेर घाइते भएका उनी यसपटक विश्वकपमा देखिने छैनन्।

उनले अन्तर्राष्ट्रियस्तरका ४८ खेलमा ३४ गोल गरेका थिए। उनी जर्मन टोली मध्येका एक चर्चित खेलाडी हुन्।

रीस जेम्स

सन् १९९९ मा इग्ंलान्डमा जन्मेका रीस जेम्सले आगामी विश्वकप गुमाउने गुमाउँदै छन्। इग्ंलान्ड राष्ट्रिय टिम तथा फुटबल क्लब चेल्सीका राइट ब्याक खेलाडी उनी घुँडामा चोट भएका कारणाले गर्दा विश्वकप गुमाउने भएका छन्।

रीस जेम्सकी दिदी लरेन पनि फुटबल खेलाडी हुन्। इग्ंलाण्डले एकपटक मात्रै विश्वकप जितेका छ।

बोबकर कामारा

२३ वर्षीय फ्रान्सका डिफेन्सी मिडफिल्डर बोबकर कामारा पनि यसपटको विश्वकप गुमाउने भएका छन्।

फ्रान्सली राष्ट्रिय टिम तथा एस्ट्रोन विलाका डिफेन्सी मिडफिल्डर उनले गत सेप्टेम्बरमम घुँडामा चोट लागेका कारणाले विश्वकप गुमाउनु परेको हो।
उनी ५ वर्षदेखि नै एकडेमीमा खेल्ने गर्दथे भने यू– १९ को कप्तानसमेत भएका थिए। फ्रान्स विश्वकपको साविक विजेता हो।

सन ह्युङ–मिन

दक्षिण कोरियाका खेलाडी तथा टोटेनह्याम हटस्परका फरवार्ड सन ह्युङ–मिनले विश्वकप गुमाउन भएका छन्। उनी च्याम्पियन्स लिगअन्तर्गत भएको खेलमा घाइते भएका थिए।

सनको देब्रे आँखामा चोट लागेको थियो। उनको चोट लागेको आँखामा शल्यक्रिया गर्नुपर्न भएको छ। 

दक्षिण एसियमा पहिलो पटक सन् २००२ मा विश्वकपको आयोजना भएको थियो। सन ह्युङ–मिन दक्षिण एसियका एक पपुलर खेलाडी हुन्।

आर्थर मेलो

विश्वकपको सर्वाधिक उपाधि जित्ने देश ब्राजिलका चर्चित खेलाडी आर्थर मेलोले चोटका कारण विश्वकप गुमाउँदै छन्। उनले खेलका क्रममा थाइ इन्जुरी भएका कारणले खेल गुमाउनु परेको हो।

ब्राजिलियन राष्ट्रिय टिम तथा फुटबल क्लब लिभरपुलका मिडफिल्डर उनले १२ वर्षको उमेरबाट नै फुटबल खेल्न थालेका थिए।

रोमिलो लुककु

सन् २०१८ को विश्वकपका चर्चित खेलाडी रोमिलो लुककुले पनि चोटका कारण यसपटकको विश्वकप गुमाउँदै छन्। उनीले थाइ इन्जुरी कारणले विश्वकप गुमाउने भएका हुन्।

सन् २०१८ मा बेल्जिम सेमिफाइनमा पुगेको थियो।

पाउलो देबाला

विश्वकै सुन्दर फुटबलरका रुपमा परिचित छन्, पाउलो देबाला। अर्जेन्टिनका राष्ट्रिय टिम तथा सिरी ए क्लब रोमाका फरवार्डर उनी यसवर्षको विश्वकपमा सामेल हुने छैनन्।

उनले सन् २०१५ मा अन्तर्राष्ट्रिय खेलमा डेव्यु गरेका थिए। उनी लेक्सविरुद्ध पेनाल्टी सुट आउट गर्दा घाइते भएका थिए।

काइल एन्डर्वे वाकर

इङ्ल्याण्डका चर्चित खेलाडी काइल एन्डर्वे वाकरले पनि कतार विश्वकप गुमाउने भएका छन्। इङ्ल्याण्डको राष्ट्रिय टिम तथा म्यानच्ेसटर युनाइटेडका राइट ब्याक खेलाडी उनले पेल्विक इन्जुरीका कारणले विश्वकप गुमाउन पुगेका हुन्। 

उनी सन् १९९० मा जन्मेका हुन्। इग्ंलान्डले आफ्नै घरेलु मैदनामा उपाधि जितेको छ।

रोनाल्डो अराजो

उरुग्गेका रोनाल्डो अराजो पनि विश्वकपमा देखिने छैनन्।

उरुग्गेको राष्ट्रिय टिम तथा बार्सिलोनाका सेन्टर ब्याकका खेलाडी रोनाल्डो अराजो विश्वकप छनौटको क्रममा इरानविरुद्ध गोल गर्दा घाइते भएका थिए।

एन्जल डि मारिया

सन् १९८० अर्जेन्टिनामा जन्मेका एन्जल डि मारियाले सन् २०१४ को विश्वकपमा राम्रो प्रस्तुति गरेका थिए। युभेन्टस तथा अर्जेन्टिनका अट्याक मिडफिल्डर मारियाले चोटका कारणले कतार विश्वकपमा जाने छैनन्।

उनले सन् २००८ मा अन्तर्राष्ट्रिय खेलमा डेव्यु गरेक थिए।

प्रकाशित मिति: : 2022-11-07 09:40:00

प्रतिकृया दिनुहोस्