प्रहरी प्रधान कार्यालयका थप १० जनामा कोरोना, संक्रमित सय पुगे

प्रहरी प्रधान कार्यालय, नक्सालमा आइतबार थप १० जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ।

हेडक्वाटर भित्रका विभिन्न काममा कार्यरत प्रहरीमा संक्रमण देखिएको केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए।

याेसँगै काेराेना संक्रमितकाे संख्या एक सय पुगेको छ।

संक्रमितहरूलाई काठमाडौंको बलम्बुस्थित सशस्त्र अस्पताल, कीर्तिपुरको आइसोलेसन सेन्टर लगायत विभिन्न ठाउँमा पठाइएको छ।

प्रहरी प्रधान कार्यालयमा पहिले चार जनामा ज्वरो देखिएपछि कोरोना परीक्षण गराइएको थियो। त्यसपछि कन्ट्याक ट्रेसिङमार्फत थप प्रहरीमा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

नेपाल प्रहरीमा अहिलेसम्म दुई सय दुई जनामा संक्रमण भइसकेको छ। ती मध्ये एक सय ४९ जना निको भइसकेका छन्।

प्रकाशित मिति: : 2020-08-09 19:55:13

प्रतिकृया दिनुहोस्