रोशन दियाली
खाेई बिडम्बना यो कस्तो
तिम्रो प्रेममा डुबेर
तिमिले प्रेममा दिएको
धोका देखि–देखि पनि
तिमिलाई मैले बुझ्ने
सङ्का लाग्छ भनेर
तिम्रै चोलोले आँसु
पुछेर हास्नुपर्ने।
मैले चिनोमा दिएका
ति मधुर प्रेमका
हजार ज्वरभाटाहरूले
कसैलाई तिमिले
सुम्सुम्याएको देख्दा
देख्दै पनि मैले देखे भनि
तिमिले देख्छौ भनेर
आँखामा कसिङ्गर
पसेको नाटक गर्नुपर्ने।
यसै यसै पोल्छ
अचेल यो मुटु
ताइको तातो तेल
उच्छिटिएर हात पोले सरी
ऐया भनेर न आँसू
झार्नु भा छ न
चोटहरू देखाउनु
यी वेदनाहरु घाउनै घाउ
भएर गनाए पनि मौन बस्नुपर्ने।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया