
रोशन दियाली
खाेई बिडम्बना यो कस्तो
तिम्रो प्रेममा डुबेर
तिमिले प्रेममा दिएको
धोका देखि–देखि पनि
तिमिलाई मैले बुझ्ने
सङ्का लाग्छ भनेर
तिम्रै चोलोले आँसु
पुछेर हास्नुपर्ने।
मैले चिनोमा दिएका
ति मधुर प्रेमका
हजार ज्वरभाटाहरूले
कसैलाई तिमिले
सुम्सुम्याएको देख्दा
देख्दै पनि मैले देखे भनि
तिमिले देख्छौ भनेर
आँखामा कसिङ्गर
पसेको नाटक गर्नुपर्ने।
यसै यसै पोल्छ
अचेल यो मुटु
ताइको तातो तेल
उच्छिटिएर हात पोले सरी
ऐया भनेर न आँसू
झार्नु भा छ न
चोटहरू देखाउनु
यी वेदनाहरु घाउनै घाउ
भएर गनाए पनि मौन बस्नुपर्ने।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया