छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या साढे १८ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ६२९ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या साढे १८ लाख नाघेको हो। पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट ८१० जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट संक्रमिम हुनेको संख्या १८ लाख ५५ हजार ३३१ पुगेको छ। यसमध्ये १२ लाख ३० हजार ४४० जना कोरोनामुक्त भएका छन्। पाँच लाख ८५ हजार ९२० जना सक्रिय संक्रमित रहेको भारतमा कोभिड–१९ बाट अहिलेसम्म ३८ हजार ९७१ जनाको मृत्यु भएको छ।
भारतमा १८ साउनमा ५२ हजार ७८३ जना संक्रमित थपिएका थिए भने त्यसको अघिल्लो दिन ५४ हजार ८६५ जना संक्रमित थपिएका थिए।