नारायणीमा पानीको बहाव बढ्यो

गण्डक ब्यारेजका सबै ढोका खोलियो

फाइल तस्बिर
फाइल तस्बिर

लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ।

नदीको सतह खतरा नजिक पुगेपछि नेपाल र भारततर्फ रहेका ब्यारेजका ३६ वटै ढोका खोलिएको गण्डक ब्यारेजका भूआर्जन अधिकारी अमित खड्काले बताएका छन्।

नारायणी नदीले सतर्कता तह पार गरेपछि नदी तटीय क्षेत्रका जिल्लावासीलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आग्रह गरेको छ।

ब्यारेजमा अहिले २ लाख ७३ हजार ६ सय क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ। ११ मिटर पुगेपछि चेतावनीको तह मानिनेमा अहिले ११ दशमलव १५ मिटर पानीको प्रवाह रहेको छ।

त्रिवेणीस्थित नारायणी नदीको गण्डक ब्यारेजमा बाँध बाँधेर भारतले सिँचाइका लागि पानी लैजाने गरेको छ।

प्रकाशित मिति: : 2023-08-14 08:08:00

प्रतिकृया दिनुहोस्