गण्डकी प्रदेशका ४ जिल्लामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएकाे परीक्षणमा कास्कीमा ५, स्याङ्जामा ४, लमजुङ, पर्वत र बागलुङमा १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कास्कीको पोखरा महानगरपालिका ३६, ३९, २९ र २३ वर्षका र मादी गाउँपालिकामा २८ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।
स्याङ्जामा पुतलीबजार नगरपालिकाका ३६ वर्षीया एक महिला, ३० र ३६ वर्षीय पुरुषमा र हरिनास गाउँपालिकाका १ जना २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
स्याङ्जाका संक्रमितमध्ये ३ जना ट्राभल हिस्ट्री नभएका छन्। त्यसमध्ये एक जना स्वास्थ्य संस्थाका कर्मचारी रहेको जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ।
यता लमजुङको दुधपोखरी गाउँपालिकामा २९ वर्षीय, पर्वतको कुश्मा नगरपालिकाका ३० वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेशमा अहिलेसम्म संक्रमितको संख्या १ हजार ५ सय ३५ पुगेको छ। त्यसमध्ये १ हजार ३ सय ४८ जना निको भएर घर फर्केका छन्।