भारतको दक्षिणी क्षेत्रतमिलनाडूको तिरुचिराल्लीस्थित एउटा बैकको मुख्य शाखामा काम गर्ने ३८ कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
बैंक तथा स्थानीय ग्राहकले दिएको जानकारी अनुसार यहाँ दैनिक पैसा निकाल्ने र हाल्ने ग्राहकको भिड लाग्ने गर्दथ्यो।
बैंक कर्मचारीको कोरोनाको खबरपछि पुरै क्षेत्रमा तनावको स्थिति छ। बैकले हालै जनसमूह मेडिकल स्क्रिनिङ क्याम्प लगाएको छ।
यही ब्रान्चमा एक वरिष्ठ अधिकारीको कोरोनाका कारण निधन पनि भइसकेको छ। महाराष्ट्रपछितमिलनाडू कोरोनाबाट सबैभन्दा बढी प्रभावित प्रदेश मानिन्छ।