उपत्यकामा १४ जनामा कोरोना संक्रमण, संक्रमितको कूल संख्या १३ हजार ५६४ पुग्यो

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाकामात्रै १४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। संक्रमितमा काठमाडौंका १२ जना,  भक्तपुरका १ र ललितपुरका १ जना रहेका छन्। 

यो सँगै मंगलबार नेपालमा थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा उपत्यकाका १४ सहित थप ३१६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए।

नयाँ संक्रमितमा ७१ महिला र २४५ रहेका छन् भने योसँगै देशभर कूल संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । 

प्रकाशित मिति: : 2020-06-30 16:42:49

प्रतिकृया दिनुहोस्