आज थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि, ७७ जिल्लामै कोरोना संक्रमित भेटिए

नेपालमा आज थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये १०५ जना महिला हुन् भने बाँकी ३५८ जना पुरुष हुन्।  योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १७९ जना कोरोना संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला १३ र १६६ पुरुष रहेका छन्। योसँगै कोरोना संक्रमण मुक्त भई घर फर्किनेको संख्या ३ हजार १३ पुगेको छ । यसैगरी  नेपालको ७७ जिल्लामै कोरोना संक्रमित भेटिएका  छन्।

अस्पतालबाट डिस्चार्ज हुने कोरोना संक्रमितको संख्या ३ हजार नाघ्यो

नेपालमा अस्पतालबाट डिस्चार्ज हुने कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ३ हजार नाघेको छ ।

आइतबारसम्ममा ३ हजार १३ जना निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा १ सय ७९ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताए । 

नेपालमा कोरोना संक्रमितको कुल संख्या संख्या १२ हजार ७७२ पुगेको छ ।

हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।

देशभर हालसम्म एक लाख  हजार  जनाको पीसीआर परीक्षण गरिएको छ भने दुई लाख  हजार  जनाको आरडीटी परीक्षण गरिएको  छ । पछिल्लो २४ घण्टामा ४ हजार ९६२ जनाको पीसीआर परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ६१  हजार ७३१ मानिसहरु रहेका छन् भने आइसोलसनमा ९ हजार ७३१ कोरोना संक्रमितहरु रहेका छन् । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । 

प्रकाशित मिति: : 2020-06-28 16:26:07

प्रतिकृया दिनुहोस्