वीरगञ्जमा ५ स्वास्थ्यकर्मीसहित थप सातजना कोरोना संक्रमण मुक्त

वीरगञ्जस्थित नारायणी अस्थाई कोभिड अस्पतालबाट ५ स्वास्थ्यकर्मीसहित थप सात कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्।

अस्थाई कोभिड अस्पतालका कोर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार शनिबार डिस्चार्ज हुनेमा पर्साको पोखरिया नगरपालिकामा कार्यरत एक महिलासहित पाँच स्वास्थ्यकर्मी र वीरगञ्ज महागरपालिका निवासी एक ३४ वर्षीय महिला र १९ वर्षीय पुरुष रहेका छन्।

पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि सातजनालाई डिस्चार्ज गरिएको उनले जानकारी दिए।

गत जेठ ३२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई नारायणी अस्थाई कोभिड अस्पताल ल्याइएको थियो। 

नगरपालिकाको क्वारेन्टाइनमा राखिएकाहरुको चेकजाँच गर्ने क्रममा स्वास्थ्यकर्मी संक्रमित भएका थिए। अस्थाई कोभिड अस्पतालमा अब २७ जना संक्रमित रहेका छन्।

प्रकाशित मिति: : 2020-06-27 19:27:56

प्रतिकृया दिनुहोस्