निर्वाचन विशेष

अपूरा काम पूरा गर्नु मेरो प्रमुख उद्देश्य हो : नारायण सिलवाल (अन्तर्वार्ता)

उमेश थापा

काठमाडौं

नेकपा (एमाले)को तर्फबाट काठमाडौं क्षेत्र नम्बर– ५ (क) बाट प्रदेश सभा सांसदका उम्मेदवार हुन्, नारायण सिलवाल।

यसअघि उनले समाजका काम र जनतासँग मिलेर आफ्नो पाँच वर्षकाे कार्यकाल पूरा गरे। उनले आफ्नो कार्यकालमा मठमन्दिर बनाउनमा मात्र जाेड दिएनन्, त्यसकाे निर्माणमा पनि उनले आफैँ सहभागिता जनाए।

विगतका वर्षमा झैँ अहिले उनी शिक्षा, स्वास्थ्य, खेलकुदसँगै पर्यटकीय क्षेत्र बनाउने सोच लिएर अगाडि बढिरहेका छन्।

यिनै विषय वस्तुमा रहेर काठमाडौं क्षेत्र नं ५ (क) का उम्मेदवार नारायण सिलवालसँग बिएल नेपाली सेवाका उमेश थापाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ:–


तपाईंले पुन: उम्मेदवारी दिनुभएकाे छ, किन ?

प्रदेश संरचना नयाँ हो, संघीयतामा संरचना संस्थागत गर्न हामीले प्रदेशमा महत्वपूर्ण भूमिका खेलेका छौँ। सुरुमा संसद बैठक बस्ने हल समेत नभएको ठाँउमा हामीले त्यो सम्पूर्ण आधार निर्माण गरेर ६२।६३ वटा ऐन निर्माण गरेर एउटा जगहरु निर्माण गरेका छौं। मेरो उम्मेदवारी फेरी किन भन्दा आफ्नो क्षेत्रमा भएका सम्पदाहरुको संरचना गर्न, पर्यटकीय गन्तव्य बनाउन र युवाहरुलाई रोजगार सिर्जना गर्न र आफ्नो क्षेत्रका जनताहरुको आवाज सुन्नका लागि मैले उम्मेदवारी दिएकाे हाे।

तपाईंको कार्यकालमा के–कस्ता काम भए, बाँकी गर्ने के कत्ति कामहरु छन् त ?

खासगरी मेरो क्षेत्र भनेको सम्पदाको धनी क्षेत्र हो। सुरुमा मेलै भन्नेपर्ने के हो भने कोरोनाकालमा हाँडिगाउँको पुरानो बस्ती नै ध्वस्त भएको थियो। यद्यपि हामीले हाम्राे क्षेत्रको मठमन्दिर भने मर्मत गरौं। सत्यनारायण, मनमनोसवारी, भगवति मन्दिर, गोरखनाथ, धनधनेश, भाटभटेनी, भिमसेनथान, मौतिदेविदेशै लगायतका मठमन्दिर निर्माण गरौं र अझैं केहीँ बाँकी छन्। अपूराे काम पूरा गर्नु नै मेराे उदेश्य हाे। 

मतदाताहरुले शिक्षा, स्वास्थ्य र रोजगारीमा के हासिल गरे ?

शिक्षाको हकमा धेरै नै सुधार भएको छ तर, सुधार अझैं गर्न बाँकी छ। सामुदायिक विद्यालयमा राम्रो गुणस्तरीय शिक्षाको व्यवस्थापान र सम्पूर्ण जनताहरुले पढ्न पाउनु अधिकार हो त्यसलाई पूरा गर्दै अगाडि बढ्ने छौं।
स्वास्थ्यको क्षेत्रमा पनि निकै सुधार भएको छ। अब सुधार गर्ने पाठाे भनेकै बिरामी भएका जनताहरुलाई निशुल्क उपचार गराउनु हाे।त्यसका लागि भवनहरु निर्माण भइसकेको छ, अब चाँडो नै सञ्चालनमा आँउछ। 

रोजगारको विषयमा भन्दा मेरो क्षेत्र पर्यटकीय क्षेत्र हो। मेलै मेरो क्षेत्रमा भएको संरक्षणहरुलाई मर्मत गरेको छु। अबको पालो भनेको पर्यटक भित्राउने हो र युवाहरुलाई रोजगार दिने हाे।

याे पटककाे चुनावमा तपाईंलाई स्थानीय बासिन्दा वा मतदाताहरुले पत्याउलान् त ?

यहाँका जनताहरु विगतका वर्षमा मैले गरेकाे काम देखेर खुसी हुनुहुन्छ, त्यसैल याे पटककाे चुनावमा उहाँहरुले पुन: मलाई नै जिताउनुहुन्छ भन्ने कुरा म एकदमै ढुक्क छु। 

तपाईंलाई गठबन्धनसँग डर छैन ?

गठबन्धन भनेको आफैँमा डराएर जाेडिएकाे हाे। मेराे निर्वाचन क्षेत्रमा गठबन्धनको खासै अस्तित्व छैन। त्यसैले मलाई गठबन्धनसँग कुनैपनि भय छैन। चुनाव जित्ने नै म हुँ।

चुनाव जित्ने कुरामा तपाईं निकै ढुक्क हुनुहुन्छ, त्यसकाे कारण के हाे ? 

हाे, म चुनाव जित्ने कुरामा ढुक्क नै छु। किनकी मेराे समर्थनमा मेरा जनताहरु हुनुहुन्छ। मैले चुनाव जित्ने आधार नै यहाँ जनताहरुकाे अमूल्य मत हाे। 

अन्त्यमा तपाईं आफ्ना मतदाताहरुलाई के भन्न चाहानुहुन्छ ?

विगतमा जस्ताे याे वर्ष पनि म जनताकै साथमा छु। म त्यो निर्वाचित भएपछि जनताको बीच नजाने प्रतिनिधि होइन। अझैं पनि मेलै अपूरा कामहरु पूरा गर्नुछ र मलाई स्थानीय बासिन्दाहरुले साथ दिनुहुन्छ भन्नेमा कुरामा निर्धक्क छु। म जनताको शासक होइन सेवक हुँ। त्यसलै मलाई फेरि एकपटक यहाँका मतदाताहरुले जिताएर अपूरा कामहरु पूरा गर्न दिनुहुन्छ भन्नेमा विश्वस्त छु।

प्रकाशित मिति: : 2022-11-06 07:00:00

प्रतिकृया दिनुहोस्