
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
बिएल संवाददाता
प्रतिनिधिसभामा दुई वर्षअघि दर्ता भएर माओवादीकाे विराेधका कारण थन्किरहेकाे मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झाैता संघीय संसदबाट पारित गराउन अमेरिकी उच्च अधिकारीहरुले नेपाल सरकारमाथि दबाब बढाएका छन्।
भारत भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेनले मंगलबार नयाँ दिल्लीबाट प्रधानमन्त्री शेरबहादुर देउवासँग फाेनवार्ता गरेका छन्।
यता काठमाडाैंमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर माओवादी केन्द्रबा प्रभावशाली नेता एवं अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन्। भेटमा गत वर्ष जुलाइमै संसदबाट पारित गरेर कार्यान्वयनमा गइसक्नुपर्ने एमसीसी अझैसम्म अड्किरहेकाेप्रति राजदूत बेरीले चिन्ता व्यक्त गरेका थिए। करिब ६० अर्ब रुपैपाँकाे उक्त सम्झाैता तत्काल कार्यान्वयनमा लैजानुपर्ने धारणा उनले कूटनीतिक भाषामा व्यक्त गरेका थिए।
यसैबीच, एमसीसीको विषयमै विशेष वार्ता गर्न प्रधानमन्त्री देउवाको दूत बनेर कांग्रेस उपसभापति विमलेन्द्र निधी सुटुक्क भारतको नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन्। उनी नेपाल एयरलाइन्समार्फत बुधबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
एमसीसीकै बारेमा छलफल गर्न यतिबेला अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिकेन पनि भारतकाे राजधानी नयाँ दिल्लीमै छन्।
स्रोतका अनुसार दुई पक्षीयबीच आजै राति एमसीसी बारेमा वार्ता हुनेछ।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया