गोरखाको भिमसेन थापा गाउँपालिकाको तीन गाउँ सिल गरिएको छ । भिमसेन थापा गाउँपालिका ५ को रिठ्ठेपानी, वडा नम्बर ८ को महादेवटार, वडा नम्बर ६ को झिंगटे र मोहरिया पूर्ण रुपमा सिल गरिएको गाउँपालिकाले जनाएको छ ।
ती गाउँमा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।
सुरक्षा समितिको शुक्रबार बसेको बैठकले सिल भएका गाउँमा थप सुरक्षाकर्मी खटाइ लकडाउन प्रभावकारी बनाउने निर्णय समेत गरेको छ ।
कोरोना संक्रमण हुनसक्ने सम्भावित स्थानहरुमा एकसाताका लागी मानिसहरुको आवातजावात पूर्ण रुपमा बन्देज लगाइएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए । ।
‘पालिका भित्रका एक वडाबाट अर्को वडामा अत्यावश्यक अवस्था बाहेक आउजाउमा रोक लगाएका छौँ,’ उनले भने ।
बैंक तथा वित्तिय संस्था उद्योग व्यवसाय र पसल बन्द गर्ने र खाद्यान्न तरकारी फलफुल दुग्ध जन्य पदार्थ विक्रि गर्ने पसल बिहान ६ देखि १० बजेसम्म मात्र संचालन गर्ने गरी समयसिमा तोकिएको छ ।
उत्त गाउँपालिकामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । ती मध्ये चारजना संक्रमित निको भएर घर फर्किएका छन् ।