दिनेश घिमिरे
बिहानीको झिसमिसेमा तारा गनौँ कि
मायालुको बैशैंमा जीवन बनाँउ कि
आखाँहरू बाटाभरि लम्पसार बसे
मुटुभित्र ढुकढुकी आफैंसँग बड्यो
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
पूर्णिमाको जुनमा नाँचु नाँचु झैं लाग्छ
नजिक हुँदा उनीसँग बोलुँ बोलुँ लाग्छ
आउछिन् कि उनी भनि कुर्न मन लाग्छ
आफैंभित्र कता कता काउकुती लाग्छ
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
कुरिदिन्छु उनीलाई जीवन भरसम्म
खुशीहरू सबैजसो समेटौकी उनमा
उनका आखाँहरू पढिदिन मन छ
आफैंलाई उनीसँग साटिदिन मन छ
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
फूलसँगै आफैंलाई फुलाउनु पो हुन्थ्यो
जीवनसँगै आफूभित्र रमाउनु पो हुन्थ्यो
तिमी आउने आशालाई जगाएर राख्छु
तिमी आउने कल्पनामा रमाएर बाँच्छु
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया