
दिनेश घिमिरे
बिहानीको झिसमिसेमा तारा गनौँ कि
मायालुको बैशैंमा जीवन बनाँउ कि
आखाँहरू बाटाभरि लम्पसार बसे
मुटुभित्र ढुकढुकी आफैंसँग बड्यो
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
पूर्णिमाको जुनमा नाँचु नाँचु झैं लाग्छ
नजिक हुँदा उनीसँग बोलुँ बोलुँ लाग्छ
आउछिन् कि उनी भनि कुर्न मन लाग्छ
आफैंभित्र कता कता काउकुती लाग्छ
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
कुरिदिन्छु उनीलाई जीवन भरसम्म
खुशीहरू सबैजसो समेटौकी उनमा
उनका आखाँहरू पढिदिन मन छ
आफैंलाई उनीसँग साटिदिन मन छ
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
फूलसँगै आफैंलाई फुलाउनु पो हुन्थ्यो
जीवनसँगै आफूभित्र रमाउनु पो हुन्थ्यो
तिमी आउने आशालाई जगाएर राख्छु
तिमी आउने कल्पनामा रमाएर बाँच्छु
तिमीभित्र आफैंलाई हराईदिउ कि आज
आफूभित्र उनीहरुलाई फुलाँइदिउ कि आज।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया