मनको कुरा गरौं
रातोपाटी
बुधबार दिउँसो बेस्सरी घाम चर्केको थियो। घामभन्दा पनि अझ चर्को थियो काठमाडौं छोड्न चाहनेहरुको हतारो। चर्को घामबाट जोगिन गोगंवुस्थित नयाँ बसपार्कको सानो छहारी छेउ पोका पन्तुराहरुको बीचमा थिइन् रोल्पाकी दिलकुमारी पुन मगर।
४ महिनाअघि उनी श्रीमान् दीपक पुनसँग काठमाडौंँमा काम खोज्न आएकी थिइन्। नुवाकोटको बट्टारमा रहेको एक इँटा उद्योगमा ईटा बनाउँने र बोक्ने काम गरेका उनीहरुको काम लकडाउनले रोकिदियो। सरकारले फेरि लकडाउन गर्दैछ भन्ने सुनेका उनीहरुले हिजो साँझ नै पोका पन्तुरा कसे र बिहानै बट्टारबाट काठमाडौँ हिँडे।
दिउँसो १ बजे गोङ्गबु बसपार्कको सडक पेटीको छहारीको भुइँमा पोका पन्तुरा र दुई जना काखे छोराछोरी कुरेर बसेकी थिइन् दिलकुमारी। उनका श्रीमान् दीपक भने रोल्पा जाने बसको खोजीमा निस्किएका थिए। सामानहरुको पाकोमाथि निदाइरहकी थिइन् उनको छिमेकी बहिनी। ४ वर्षका छोरा दिपेश र २ वर्षकी छोरी मनिषा त्यहीँ खेलिरहेका थिए।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया