जिल्लाका विभिन्न मस्जिदमा रहेका २७ विदेशी मुसलमान समुदायका व्यक्तिको पिसिआर परीक्षण गरिएको छ ।
परीक्षणका क्रममा उनीहरुको नतिजा नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
भट्टका अनुसार जिल्लाका विभिन्न मस्जिदमा १९ भारतीय र आठ जना पाकिस्तानी मुस्लिम समुदायका व्यक्ति रहेका छन् ।
उनीहरुको सम्पर्कमा आएका व्यक्तिको पनि पहिचान गरी र्यापिड डाइग्नोस्टिक टेस्ट र पिसिआर परीक्षण गरिएको उनले जानकारी दिए ।
उनीहरुको नतिजा नेगेटिभ आएको भए पनि अहिले होम क्वारेन्टाइनमा राखिएको भट्टले बताए । उनले भने, “विदेशबाट आएका मुस्लिम सम्प्रदायका व्यक्तिलाई अहिले जहाँ छन् त्यही सुरक्षित साथ क्वारेन्टाइनमा राखिएको छ ।”
उनीहरु सुरक्षा निकायको निगरानीमा रहेका उनले जानकारी दिए ।