लकडाउनमा देखिएको सबैभन्दा व्यस्त राजमार्ग (फोटो फिचर)

काठमाडौंको नागढुंगादेखि चितवनसम्मको पृथ्वी राजमार्ग सडक खण्डमा लकडाउनको पूर्ण पालना भएको पाइएको छ। 

राजधानी काठमाडौंमा दैनिक हजारौंको संख्यामा लकडाउन उलङ्घन गर्नेहरु पक्राउ परिरहँदा पृथ्वी राजमार्ग भने सुनसान देखिन्छ। सडकमा कुनैपनि सवारी साधन सञ्चालनमा आएका छैनन्। त्यस्तै मानिसहरु पनि हिंँडडुल गरेको देखिदैन् । सडकमा अत्यावस्यक सामग्री ढुवानी गर्ने साधनहरु बाहेक अन्य कुनैपनि साधानहरु देखिदैनन्। एलपी ग्यास बुलेट गाडीहरु फ्याट्टफुट्ट देख्न सकिन्छ। त्यस्तै खाद्यान्न, तरकारी बोकेका ढुवानीका साधनहरु सहजै सञ्चालनमा आएका छन्। अत्यन्त व्यस्त रहने नौबिसे, धादिङ, मलेखुलगायतका बजार सुनसान छन्। 

राजमार्गमा रहेका होटल व्यवसायहरु पूर्ण रुपमा बन्द छन्। यस्तै पसलहरु पनि बन्द छन्। सामाजिक दुरी कायम गर्दै प्रहरीले ठाउँठाउँमा सुरक्षा व्यवस्थालाई कडाई गरेको छ। सामान्य अवस्थामा निकै व्यस्त रहने मनकामना केबलकार पनि बन्द छ। लकडाउन सुरु भएदेखिनै केबलकार बन्द रहेको छ। निकै व्यस्त रहने मुग्लिङ बजार पनि पूर्ण रुपमा बन्द रहेको छ। मुग्लिनमा सञ्चालित कुनै पनि होटल पसल तथा बिभिन्न सेवा कार्यालयहरु खुुलेका छैनन्। 

राजमार्गमा ठाउँठाउँमा अस्थाई स्वास्थ्य शिविर स्थापना गरिएको छ । अत्यावस्यक सवारी साधन र ढुवानीका साधनमा यात्रा गर्ने व्यक्तिहरुलाई चेकजाँच गर्ने कार्यलाई प्रहरीले कडाई गरेको छ। यस्तै अत्यावस्यक वस्तुहरु विक्री हुने पसलअगाडि समाजिक दुरी कायम गर्न लगाइएका चिन्हहरु देख्न सकिन्छ ।

यसैबीच लकडानको १ महिना हुँदा काठमाडौंमा पर्याप्त राहत नपाउँदा उपत्यकाबाट बाहिरीनेको संख्या पनि बढिरको छ। केही ठाउँमा मानिसहरू पैदलै हिँडिरहेको देखिन्थ्यो। सवारी साधनहरू नचल्दा काठमाडौंदेखि चितवनसम्मको पृथ्वी राजमार्ग खुल्ला शान्त र रमणीय भएको छ। बसन्त ऋतुसँगैं पालुवा पलाएका कारण राजमार्गका छेउँछाउँ हरियाली भएको छ।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-04-23 19:58:00

प्रतिकृया दिनुहोस्