‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
हिमाल खबर
बेलायतमा १३५ वर्षअघि प्रदर्शनीमा राख्न नेपालबाट विभिन्न जातीय पोशाक पठाउने तयारीसँग सम्बन्धित एउटा ऐतिहासिक अभिलेखले नेपालका खासगरी लडाकु जातजातिको रहनसहन र वेशभूषाप्रति पश्चिमाहरूको चासो झल्काउँछ।
म जब बुझ्ने भएँ, त्यस बेलादेखि नै एउटा वाक्य सुन्दै आएको छु। त्यो हो- ‘नेपाल विविधतामा एकता भएको देश हो’। अझ बुझ्दै गएपछि मलाई यो वाक्य फगत नारा हो भन्ने लाग्यो। ‘नेपाल सानो मुलुक भए पनि संस्कृतिको धनी देश’ भन्ने गरे जस्तै यो पनि खास विचार गरी बोलिएको वाक्य जस्तो लागेन।
एउटै मात्र रहनसहन, एउटै भाषाभेष भएको मुलुक विश्वको मानचित्रमा पाउन गाह्रै होला। नेपालीहरू परापूर्वकालदेखि थरीथरीका धर्म र जातिमा बाँडिएका भए पनि तत्तद्धर्म र तत्तज्जाति सम्बन्धी पहिचानको अभिव्यक्ति बढ्दै जाँदा त्यसमाथि अर्को नारा पनि थपियोे– ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो’ भन्ने। यो नाराले वर्तमान नेपालको वैनयिक शास्त्रमा अर्थात् आजभोलिको भाषामा संविधानमा ठाउँ पनि पायो।
राणाशासनमा वा त्यसभन्दा अगाडि पनि नेपाल राष्ट्रलाई त्यसरी परिभाषित गर्नुपर्ने जरुरत नभएकाले होला, हामी माथि लेखिएको जस्तो वाक्य प्रचारमा आएको खास देख्दैनौँ, पृथ्वीनारायण शाह (वि.सं. १७७९–१८३१, राज्यकाल वि.सं. १७९९-१८३१)ले ‘सबै जातको फूलबारी’ भनेको छोडेर।
लक्ष्मीपति-नयराजसंग्रह भनी नाम राखिएको, हातले लेखेका पुस्तक, पात्रा र सरकारी तथा निजी लिखतपत्र इत्यादि अहिले मेरो जिम्मामा छन्। तिनमध्ये एउटा पत्रतर्फ मेरो आँखा अहिले तानिएकाले त्यही विषयमा केही कोर्ने कोशिश यहाँ गरिरहेको छु।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया