कुलोमा डुबेर मोरङको कानेपोखरी गाउँपालिका–५ का ४२ वर्षीय तेजेन्द्र अधिकारीको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरी सोमबार बिहान ११ बजे घर नजिकै रहेको फलैँचामा बसिरहेको अवस्थामा फलैँचाबाट लडेर अधिकारी कुलोमा परेका थिए।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार त्यही कुलोमा डुबेर अधिकारीको मृत्यु भएको हो। प्रहरीले घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ।