नेपाल संवत् र म्हपूजाबीचकाे अन्तर सम्बन्ध गहन छ- डा. राजेन्द्रमान बज्राचार्य

राष्ट्रिय संवतको रुपमा मान्यता पाएको नेपाल संवतको ऐतिहासिक र मौलिक महत्व छ। आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिए पनि पछिल्ला दिनहरुमा यसको महत्व थप बढ्दै गएको छ।

नेपाल संवत् कात्तिकमा सुरु हुने होइन्। चाहे हिन्दु धर्मको होस् चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु एक दुईवटा बाहेक सबै धर्म संस्कृतिका प्रचलनहरु चन्द्रकला, चन्द्रमास अनुसार अगाडि बढ्ने हो। जसमा १२ महिना हुन्छ, त्यसमा पनि हरेक महिना शुक्ल पक्ष र कृष्ण पक्ष भन्ने हुन्छ। शुक्ल पक्ष भनेको चन्द्र उद्य भएर वृत्तमा चन्द्र उद्य हुने समय हो भने कृष्ण पक्ष भनेको घट्दै घट्दै गएर औंशी हुने हो।

नेपालको धर्म र संस्कृतीमा कहिलेकाहीँ विवाद आउँछ। त्यसो हुनुको कारण पहिलेपहिले चन्द्र शम्शेरको पालाभन्दा अगाडि कृष्णपक्षलाई अगाडि राखेर पंचाङ्ग बनाइँदैन थियो। शुक्ल पक्षलाई अगाडि राखेर बनाउथ्यो तर चन्द्र शम्शेरको पालामा १३ महिनाको तलब दिनुपर्ने भो भनेर उहाँले नेपाल संवत्लाई सरकारी प्रयोगबाट हटाएर विक्रम संवदलाई लागू गर्नुभयो। त्यसपछि कृष्णपक्षबाट पन्चांग निर्माण गर्न थालियो। अहिले हामी १६ गतेसम्म ‘कौला गा’भनेर कृष्णपक्षको रुपमा लिन्छौं। तर कार्तिक १६ गतेसम्म चाडपर्वको हिसाबले चाहीं आश्विनकै रुपमा लिने गर्छौँ।

कुनै ब्राम्हण पण्डितले पनि अध्यवाक्य भनेर पूजा सुरु गर्नु अगाडि वाचन गर्छन। त्यो वाचन गर्ने बेलापनि पण्डितले आश्विन कृष्ण ‘कौला गा’ भनेर भन्छन्। तर, पात्रो हेर्ने हो भने कार्तिक कृष्णपक्ष भनेर लेखिएको हुन्छ। त्यसले पनि अलिकति भ्रमित पारेको छ। दिपावली, दिवाली, तिहार, त्रिहार र स्वन्ति नखः यी चार-पाँच प्रकारका चाडहरु कहिले मनाइन्छ भन्दा ‘कौला गा’ त्रियोदशीका दिनदेखि चौथीसम्म। कौला गा भनेपछि चन्द्रमासको अन्तिम महिनाको कृष्ण पक्ष भयो। यसको निरन्तरता कहिलेसम्म हुन्छ भन्दा (कच्ला ठो)चौथीसम्म हुन्छ। त्यसकारण कात्तिकमा होइन कौला गा चन्द्रमास अनुसार अन्तिम महिना र नयाँ वर्षको प्रारम्भमा हुने चाड नै स्वन्ति, दिपावली, दिवाली, तिहार, त्रिहार हो। दिपावली र दिवालीमा भारतमा विशेषगरी दिवाली भन्ने चलन छ।

नेपाल संवत्को अहिलेको हिसाबमा अब आउने प्रतिपदाबाट नेपाल संवत् ११४५ प्रारम्भ हुन्छ। यो ११४५ वर्ष अगाडि सुरु भएको देखियो। तत्कालीन समयमा पनि नेपाल संवत् प्रचलनमा थिए। यसलाई देश संवत्, देश भाषाको संवत् भन्ने प्रचलन छ। यसलाई व्यवहारिक प्रयोगको आधारमा नामाकरण गरिने एकातिर छ तर यो प्रारम्भमा लागू हुँदा नै शंखधर शाख्वाले नेपाल संवत् भनेर नै लागू गरेका हुन्। अरु संवत्को रुपमा प्रचलनमा थिएन। तर, राज्यले प्रयोग गरेपछि राज्य भाषा भने जस्तै देश संवत् पनि भनेको पाइन्छ।

शंखधर शाख्वाले प्रचलनमा ल्याएको नेपाल संवत् बिचमा ८० वर्ष रोकिएर फेरि प्रचलनमा आएको हो। उहाँको प्रतिमा पाटनको विभिन्न ठाउँमा रहेका छन्। पाटनका तन्डुकारहरुले हाम्रो पूर्खा भनेर भनेको अवस्था पनि छ। यदी शंखरधर शाख्वा तन्डुकार समुदायको नै हो भने उनी चामलको व्यापारी थिए। तर उहाँ एक प्रतिष्ठित व्यापारी पक्कै थिए। एकदिन राति उहाँ व्यापार गर्ने शिलशिलामा जाँदा कसैले बालुवा बोकेर आइरहेको देखे। भक्तपुरको राजाले लिन पठाएको त्यो बालुवालाई काष्टमण्डपको दक्षिणतर्फबाट रामघाट जाने बाटोमा एउटा फल्चा छ त्यहीं खन्याउन लगाएर बालुवा बोक्नेहरुलाई पैसा दिएर अर्को बालुवा लैजाउ भनेको ऐतिहासिक कथ्य सुन्न पाइन्छ। भोलिपल्ट राजाकोमा लगिएको बालुवा सुन भएको थियो रे। शंखरधर शाख्वाले त्यो सुनलाई बेच्न पनि सक्थे होला तर उनले त्यसलाई कूटनीतिक तरिकाले राज्यमा सबै जनताको लागि सदुपयोग गर्छु भनेर लागेको पाइन्छ। त्यही सुनमार्फत देशभर रहेका सम्पूर्णको ऋण तिरेर सबैलाई ऋणमुक्त गरेको इतिहास छ।

तण्डुकारहरुले आफ्नो पूर्खा भनेर कुल देवताको रुपमा उहाँलाई मानिरहेका छन्। तर अनुसन्धानले अरुपनि देखाउला तर शंखधर शाख्वा नेवा नै हो भनेर भन्न सकिन्छ। नेवार व्यापारीहरुमा एउटा अर्को पनि प्रचलन छ। आफू अलिकति धन कमाएपछि सम्पन्न भएपछि पाटी, पौवा, पोखरी, इनार, धारा बनाउने प्रचलन छ। त्यो जनहितको लागि हो। जनहितको लागि हुने हुँदा शंखधर शाख्वाले नेपाल संवत् भनेर प्रचलनमा ल्याएको हुनुपर्छ।

विश्वमा एउटै संवत् छ, नेपाल संवत् हो। नेपाल संवत् र म्ह पूजाको सन्दर्भमा शंखधरले नेपाल संवत् कहिलेबाट सुरु गरे भनेर अध्ययन गर्दा म्ह पूजाको दिनबाट प्रचलनमा ल्याएको तथ्यहरु भेटाइछ। नेपाल संवत् त थियो तर महिना र गते थिएन। जुनबेला शंखधरले प्रचलनमा ल्याएका थिए। त्यसपछि प्रचलनमा आउँदा आउँदै म्ह पूजाको दिनबाटै नयाँ वर्ष प्रारम्भ भएको मानियो।

चन्द्रमासको तिथिअनुसार नयाँ वर्ष सुरु भएको मानिन्छ। चन्द्रमासमा तिथि भनेपछि गतेजस्तै भयो त्यसपछि सजिलै स्वरुपमा नेपाल संवत्भित्र चन्द्रमासको कौलासम्मको १२ महिनालाई भित्र्याइयो। तीथिलाई गतेको स्वरुपमा प्रचलनमा ल्याइयो। म्हपूजा  भनेको प्राचिन समयमा नै जान सकिन्छ। म्हपूजाकै दिनमा नेपाल संवत्लाई प्रचलनमा ल्याइएको हो। म्हपूजाको दिन भनेको नेवार समुदायले चथा भनेर मनाउँछन्। म्हपूजाको दिन आफ्नो शरीरको पूजा गरेर  मन र  बोलीलाई शुद्घ गर्ने दिन हो। त्यस कारण पनि त्यही दिनलाई रोजेर नेपाल संवतको प्रारम्भ भएको हुनुपर्छ।

म्हपूजाको तथा नेपाल संवत प्रारम्भ भएको दिनमा बेलुकाको म्हपूजाको साइतमा हनुमान ढोकाको ठूलो घण्टी ३६५ पटक बजाउनुपर्ने प्रचलन छ। हरेक दिन बिहान ९ बजे घन्टी १०८ पटक बज्छ। यो शुभ दिनलाई नेपाल संवत लागु गरेको हो। म्हपूजा भनेको प्राचिन प्रचलन हो।

गुरुमण्डलाचार्य अनुसार अरु पूजा गर्ने बेलामा खाली पेटमा गर्ने गरिन्छ। म्हपूजाको दिनमा विहान शुद्धिकरण गरेर आफ्नो दैनिक खाना खाइसकेपछि बेलुका म्हमह गरिन्छ। म्ह पूजा गर्ने भनेको शरीरको पूजा गर्ने हो। पूजा गर्ने भनेको हिन्दु र बौद्ध धर्मको पूजा आकाशजमिन फरक छ। पूजा गर्ने तरिका त्यही हो चढाउने बस्तु त्यही हो तर अर्थ फरक हुन्छ। म्ह पूजा भनेको आफ्नो शरिर शुद्धिकरण गरेर मन शुद्ध भएको बोली शुद्ध भएको परिचयको रुपमा पूजा गर्ने हो। मंगलमा चढाइने बस्तु पूजा गर्दा चढाइने २१ स्थानमा फूल चढाउनुपर्छ। त्यो भनेको शरीरको अभिन्न अंग सँधै स्वस्थ राख्नुपर्ने २१ वटा अंगलाई हामीले चिन्ने हो।

म्हपूजाको साइत निकाल्ने भनेकै चन्द्रमासको आधारमा हो। तर हामीले दिपावली नारायण विष्णुको अर्धाङ्गीनि पनि भनिएको छ। कहीं बहिनी पनि भनिएको छ। हामीले लक्ष्मी भनेको बसुन्धाराको अर्को स्वरुप भन्ने बुझेका छौं। बसुन्धाराको तीन वटा स्वरुप हुन्छ। एउटा महालक्ष्मी ,बसुन्धाराको र अर्को कुमारीको हो। बसुन्धाराकोस्वरुपलाई हामीले महालक्ष्मीको पूजा गर्ने हो। उता भारत वर्षमा दिपावली होइन् दिवाली भनेर मनाउनेहरुले कौला गाको औंशीको दिनलाई लक्ष्मी पूजाको स्वरुपमा मनाउँछन। र त्यो दिन भनेको आर्थिक वर्षको अन्त्य हुने र त्यही बेला लक्ष्मी पूजा गर्छन। त्यो पूजा गर्ने ठाउँमा हर हिसाब गरेर त्यहाँ खातापाता दुरुस्त राखेपछि त्यहाँ पूजा गर्ने हो। र भोलि पल्टदेखि नयाँ वर्ष लाग्छ। म्हपूजा भनेको सालको प्रारम्भ हो। लक्ष्मीको पूजा गर्दा प्राय नेवार समुदायको यो प्रचलन छ।

लक्ष्मी पूजा गरेपछि लक्ष्मीको प्रसाद ग्रहण नगरी आफ्नो ढुकुटीमा राखेको पैसा निकाल्नु हुँदैन्। जसरी राज्यले बजेट पेस गर्छ। बजेट पास नभई त्यो बजेट खर्च हुँदैन्, गर्न मिल्दैन्। त्यसै गरेर यो लक्ष्मी पूजा गर्ने बेलामा हामी नेवार समुदायले ढुकुटीमा पूजा गर्छौं। पूजा गर्नु अगाडि हप्ता १० दिनको लागि जति पैसा आवश्यक हुन्छ त्यो पैसा कोषबाट ढुुकुटीबाट निकालेर अर्को ठाउँमा राख्छौं। त्यो अलगै राखेको खर्च गछौं। र भाइटीकाको भोलिपल्ट हामी लक्ष्मीको फूल प्रसाद लिने भनेर फेरी पूजा गरेर फूल प्रसाद लिने गछौं। यस दिनबाट फेरी नयाँ बजेटको प्रारम्भ हुन्छ। नेवार समुदायले लक्ष्मी भनेर आफ्नो चेलीबेटीलाई मान्छन्।  विबाह भएर गइसकेको चेलीबेटीलाई लक्ष्मीको पूजा प्रसाद लिने चलन छ। (नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2024-11-02 09:35:00

प्रतिकृया दिनुहोस्