विवादमा नेपाली सेना, यस्तो छ इतिहास
बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पैसा नभएको मान्छेलाई पार्टीमा स्थान नभएको बताएका छन्।
बिहीबार कार्यवाहक प्रवक्ता मनिष झाले सार्वजनिक गरेको ३२ पृष्ठ लामाे समीक्षा प्रतिवेदनमा ढकालले उक्त विषय उल्लेख गरेका हुन्।
‘पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन्। गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो। पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउन यी भनाइहरूले काम गरेका छन्’, मुकुलले लेखेका छन्, वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो। गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ। यस हिसाबमा कार्ल मार्क्सले यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ।’
प्रतिवेदनमा यस्ताे भनेका छन् ढकालले:
पैसा भएका मान्छे मात्र पार्टीमा आकर्षित भइरहेका छन्। गरिबहरूले राजनीति गर्ने होइन, अलिकति कमाइ छैन भने राजनीतिमा किन लाग्नु पर्यो भन्ने भनाइ पार्टीको उपल्लो तहको नेतृत्वबाट नै सुनियो। पार्टीलाई एलिट वर्गको पार्टीको रूपमा मात्र स्थापित गराउन यी भनाइहरूले काम गरेका छन्। वास्तवमा आज पार्टी एलिट वर्गको कब्जामा गइसक्यो। गरिब मान्छेले राजनीति गर्न हुँदैन भन्ने जबर्जस्त भाष्य पार्टीमा स्थापित गराइएको छ। यस हिसाबमा कार्ल मार्क्सले यदि जीवित भएको भए पनि रास्वपामा स्थान नहुने रहेछ।
गरिब नेपालीलाई पनि यो देशको प्रधानमन्त्री हुने अधिकार छ र यो तथ्यलाई पार्टीले स्वीकार गर्नपर्छ। विगतमा राखिएका गरिब विरोधी भनाइका लागि पार्टी तत् तत् नेतृत्वले माफी माग्नु पर्छ। रास्वपा गरिबहरूको पनि पार्टी हो, गरिबहरूको एजेण्डा बोक्ने मात्र नभएर गरिबहरू सहजै नेतृत्वमा पुग्न सक्छन् भन्ने ग्यारेण्टी गरिनपर्छ। पार्टी भनेको सामूहिक प्रयास हो। कसैसँग भाषण गर्ने सीप छैन होला, कसैसँग लेख्ने सीप छैन होला, कसैसँग धन छैन होला, तर एकले अर्काका कमजोरी पूरा गर्दै जाने हो भने सामूहिकताले पार्टीलाई सबै पक्षमा सबल बनाउँछ।
पैसा नहुनेहरूलाई पैसा हुनेहरूबाट प्राप्त सामूहिक कोषले हेरिदिनपर्छ। चाहे धनी होस् वा गरिब, क्षमताका आधारमा मात्र अघि बढ्ने वातावरण सिर्जना गर्नपर्छ। केन्द्रमा श्रमिक र किसानको उपस्थिति अनिवार्य हुनपर्छ। आजको दिनमा पार्टी केन्द्रमा एकजना पनि श्रमिक र किसान छैनन्। यसले पनि पार्टी धनीहरूको मात्र पार्टी रहेको पुष्टी गर्छ। यसर्थ क्षमतावान श्रमिक र किसानलाई तत्काल पार्टी केन्द्रमा स्थान दिनपर्छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया