करछुटको व्यवस्थासँगै वडामा करदाताको भीड

तस्बिरः बिएल

काठमाडौं महानगरपालिकाले सम्पत्ति करमा असोज मसान्तसम्म १० प्रतिशत छुटको व्यवस्था गरेको छ।

महानगरपालिकाले लिने स्थानीय कर शीर्षकमध्ये सम्पत्ति करमा छुटको व्यवस्था गरेको हो।

सम्पत्ति करमा छुट दिएसँगै अहिले सबै वडाहरूमा करदाताको भीड लागेको छ। हरेक वडा कार्यालयमा दैनिक सय जना सेवाग्राही सेवा लिन आउने गरेका छन्।

अरूबेला दिनमा एक सय जना सेवाग्राही सेवा लिन आउने गरेकोमा यतिबेला काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख नुरनिधि न्यौपानेले विएलसँगको कुराकानीमा करको दायरा बढाउने उद्देश्यले विगतका वर्षको करवापतको बक्यौता रकममा जरीवाना नलिने निर्णय गरिएको बताए।

काठमाडौं महानगरपालिकाको बजेट निकासा नभएको कारणले हाल विकास निर्माणको काम ठप्प भई कर उठाउने काम मात्र भएको छ। महानगरपाकिा राजश्व विभागका प्रमुख न्यौपानेका अनुसार ‘क’ वर्गका भूकम्पबाट प्रभावित घरधनीलाई पहिले जस्तै आवासीय घर बनाउँदा लाग्ने नक्सापास दस्तुरमा पूरै छुट दिएको बताए।

यसैगरी महानगरले व्यक्तिगत सम्पत्तिमा सार्वजनिक पार्किङका लागि स्थान उपलव्ध गराउने स्थानीयलाई सम्पत्ति करमा लाग्ने करमा ५ बर्षका लागि छुट हुने व्यवस्था गरेको छ।

बहाल करबाट बार्षिक १ लाख रुपैयासम्म मात्र आम्दानी हुनेलाई बहाल करमा छुट दिएको छ।

नयाँ घर बनाउदा कसैले परम्परागत शैली अबलम्वन गर्छ भने उसलाई नक्सा स्वीकृतिमा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको व्यवस्था गरेको राजश्व विभागका प्रमुख न्योपानेले बताए।

धारा बत्ती जडान गर्न सिफारिस लिन आउने करदाताले २१ सालको नापी नक्सामा घर उल्लेख भएको देखाउन सके १ हजार रूपैयामा सिफारिस दिने निर्णय गरिएको छ। अरूले यस सिफारिसको लागि ५ हजार रूपैया तिर्नुपर्छ।

प्रकाशित मिति: : 2019-07-25 12:22:31

प्रतिकृया दिनुहोस्