प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
ध्रुब बस्याल
काठमाडौं महानगरका मेयर बालेन शाह यत्तिबेला चर्चामा छन्। उनले गरेको काम देखेर सर्वसाधारण नै चकित परेका छन्। स्वतन्त्र उम्मेदवारीबाट निर्वाचित भएका उनको महानगरमा सय दिन पुरा भएको छ। त्यही अवसरमा उनले आफूले गरेका कामबारे आइतबार सामाजिक सञ्जालमा लामो स्टाटस लेखेर सेयर गरेका थिए।
काठमाडाैंका मेयर बनेपछि महानगरका लागि गरेकाे काम कुनै पुरा त कुनै अपूरै भएकाे उनले बताए। तर आफूले गरेकाे कामको मूल्याङकन भने जनताले गर्नुपर्ने उनको भनाइ थियो। त्यसै सन्दर्भमा बिएल नेपाली सेवाले जनतालाई साेधेर तयार पारेकाे रिर्पाेट।
१०० दिनको कार्यकाल पुरा गरेका मेयर बालेनबारे के भन्छन्–सर्वसाधारण?
राजनीति दलहरुबाट दिक्क भएर स्वतन्त्र उम्मेदवारी दिएका बालेनसँग खुसी छन्, रामकुमार खड्का। आजसम्म कुनै पार्टीले नगरेको काम बालेनले गरेको उनले बताए।
‘कुनै दलका नेताहरुले नगरेको काम अहिलेका मेयर बालेन शाहले गरेर देखाएका छन्। उनको कामप्रति हामी धेरै सन्तृष्ट छौँ’ उनले भने, ‘हामी मेयरको साथमा छौँ।’
काठमाडौंको फुटपाथ व्यापार हटेकोमा सन्तृष्ट छन्, अनिल निरौला। फुटपाथ व्यापारको लागि नभइ मान्छेको लागि भएको उनी बताउँछन्।
उनी भन्छन्, ‘काठमाडौंका मेयरले जे गरे राम्रो गरे।’ मेयरकाे काम देखेर आफू बालेनकाे सर्पाेटमा रहेकाे उनले बताए।

अगामी दिनहरुमा पनि बालेनलाई जिताउने सोचमा छन्, हरि कृष्णा बुढाथोकी। बालेनको काम देखेर खुसी भएका उनी अगामी चुनावमा पनि बालेनलाई नै जिताउन चाहन्छन्।
‘मेयर बालेन गरेको काम देखेर म खुसी छु’ उनले भने, ‘आउँदो चुनावमा पनि उहाँलाई जिताएर काठमाडाैंकाे मेयर बनाउने छु।’
काठमाडौंका मेयर बालेन शाहको कामदेखि असन्तृष्ट छन्, सुमन कोइराला। मेयर बालेनले काठमाडाैंमा काम गर्ने प्रयास मात्र गरेको उनकाे ठम्याइ छ।
उनले भने, ‘मेयरले काम गर्ने प्रयास गर्नुभएको हो, गर्नु नै त भएको छैन।’
पछिल्लो समय महानगरले गरेको काम देखेर दुखी भएका कोइराला भन्छन्, ‘पार्किङको लागि ठाउँ छुट्याउनु राम्रो हो तर बनिसकेका संरचना भत्काउने काम राम्राे होइन।’
त्यसैगरी सङखुवासभाका हेमचन्द्र निरौला पनि बालेनको कामदेखि असन्तृष्ट छन्।
मेयर बालेन काम गर्न पछाडि परेकाे भन्दै उनी भन्छन्, ‘काठमाडौंका मेयर घर भत्काउन अगाडि छन्, र बनाउन पछाडि परेका छन्। बनाउने कुरामा उहाँ सुस्त हुनुहुँदाे रहिछ।’
र्यापरले गीत गाउने हो भन्दै उनी भन्छन्, ‘र्यापरले गीत बनाउने हो काठमाडौंकाे मुहार होइन। काठमाडौंलाई व्यवस्थित बनाउने मेयर चाहिएको हो, अव्यवस्थित बनाउने होइन।’
सडकका व्यापारीलाई हटाएर मेयर बालेनले राम्रो काम नगरेको उनी बताउँछन्।
‘सडकमा गरिखाने मान्छेलाई उठाएर समस्याको समाधान हुन्छ?’ उनी प्रश्न गर्छन्, ‘काम गर्दा हतार गर्नु हुँदैन तर काठमाडौंका मेयर साहेब अलि हतारे हुनुहुँदो रहिछ।’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया