शिवम् सिमेन्टलाई ‘एनएस क्वालिटी अवार्ड’

बिएल

शिवम् सिमेन्ट उद्योगले सरकारले प्रदान गर्ने ‘एनएस क्वालिटी अवार्ड’ हात पारेको छ । शिवम् सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने सो अवार्ड हात पार्न सफल भएको हो। 

सो अवार्ड नेपाल गुणस्तर चिन्ह प्राप्त उद्योगहरुमध्ये खुल्ला प्रतिस्पर्धाबाट छनौट गरी प्रथम हुने कम्पनीलाई वितरण गर्ने गरिन्छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ड अर्यालले सो सिमेन्ट उद्योगका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयललाई एनएस क्वालिटी अवार्ड प्रदान गरेका हुन्।

निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादन गर्ने, सम्पूर्ण उत्पादन प्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परीक्षण गरी उच्च गुणस्तरको उत्पादन गरेकाले शिवम सिमेन्टलाई सो अवार्ड हस्तान्तरण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

शिवम सिमेन्टले क्वालिटीको मामलामा नो कम्प्रोमाईज मुख्य नारासहित राष्ट्रको विकास, निर्माणको महत्वपूर्ण योगदान दिँदै आएको छ। कार्यक्रममा सचिव अर्यालले गुणस्तरीय उत्पादनको माध्यामबाट मुलुकको विकास, निर्माणको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको भन्दै शिवम सिमेन्टप्रति आभार पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति: : 2019-11-14 17:24:28

प्रतिकृया दिनुहोस्