
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
नवीन रायमाझी
सन् १९८९ मा रिलिज भएकाे एनिमेसन सिनेमा ‘द लिटल मरमेड’लाई स्पेसल इफेक्टको सहायतामा ‘लाइभ एक्सन’ सिनेमा अर्थात् एनिमेसन कलाकार र जिउँदा कलाकारको अन्तरक्रिया र सम्वाद हुने त्यही नाममा शुक्रबार (२६ मे)मा रिलिज गरिएको छ। यो सिनेमाको निर्माता वाल्ट डिज्नी स्टुडियोजले यस्तो प्रयोग धेरै पटक गरेको छ र अत्याधिक सफल पनि भएको छ। यो सिनेमामा समुन्द्रको राजा एरियलको छोरीको कथा छ, जो सन् १८३७ देखि सुन्दै आएको हो। लिटल मरमेड अर्थात् सानी जलपरीको कथामा आधारित यो सिनेमा पुरानै कथा तर थ्रिडी र आइ म्याक्सजस्ता नयाँ प्रविधिमा निर्माण भएको छ।
पुरानो सिनेमाको कथालाई थोरै अदलबदल गरेको भए पनि मूल कथा उस्तै छ। समुन्द्रको राजा इरिक (जोन हाउर)को तीन छोरीमध्ये सबैभन्दा सानी छोरी एरियल (हेली बेयली) साहसी छिन्। समुन्द्रमा डुबेका जहाजहरुलाई देखेर पानीमाथि कस्तो होला भनेर विचार गर्नु उनको सौख हो। घरका सदस्यहरुको कुरालाई बेवास्ता गर्दै एक दिन एरियल पानीमाथिको संसारमा पुग्छिन। त्यसैबीच उनले समुन्द्रमा डुबेको एक राजकुमारलाई पनि बचाउन सफल हुन्छिन्। त्यसपछि के-के हुन्छ ? एरियलको ज्यान जान्छ ? उनको सहयोगले पुनर्जीवन पाएको राजकुमारले उनलाई के गर्छ ? यस्ता प्रश्नहरुको जवाफ थाहा पाउन सिनेमा नै हेर्नुपर्छ।
निर्देशक रब मार्शलले पटकथा लेखक डेबिड मग्गीसँग मिलेर सिनेमालाई २ घण्टा १५ मिनेट लामो बनाएका छन्, जो सिनेमाको सबैभन्दा ठुलो कमजोरी हो। सङ्गीतकार एलन मेनकेनले पुरानै गीतलाई यो पटक पनि नयाँ शैलीको धुन बनाएका छन्, पछिल्लो सिनेमाको गीतको निमित्त उनलाई ओस्कार अवार्ड प्राप्त भएको थियो। डायोन बिब्सले पानीमुनिको संसार (काल्पनिक नै भए पनि)लाई आफ्नो क्यामरामा उत्कृष्ट तरिकाले कैद गरेका छन्। र, सम्पादक वायट स्मिथको सम्पादनमा कतै ‘जर्क’ आउँदैन। एनिमेसन सिनेमा भएको कारण कलाकारहरुको अभिनयभन्दा पनि प्रविधि ‘हाबी’ छ। र, यस्तो सिनेमामा कलाकारहरुको अभिनय केही तल माथि भयो भने पनि खासै मतलब राख्दैन। यद्यपि, सिनेमामा मुख्य कलाकारहरुको साथै मलिसा म्यक्याथी, इमली कोट्स, सिमोन एस्ले, जोडी बेन्सेनजस्ता उत्कृष्ट कलाकारहरुले अभिनय गरेका छन्, जो आफ्नो आफ्नो स्थानमा ठिक छ।
मुलत: केटाकेटीहरुको मनोरन्जनको लागि निर्माण भएको भए पनि ठुलाहरुलाई पनि यो सिनेमा हेर्दा समय गएको पत्तो हुँदैन। हिंसा, अश्लील दृश्य बेगर पनि दर्शनीय सिनेमाको निर्माण हुनसक्छ भन्ने उदाहरण यो सिनेमाले प्रस्तुत गरेको छ, जो तारिफयोग्य छ। यदि तपाईंसँग समय छ भने एकपटक अवश्य हेर्नुहोला।
@twiter#naviinr
ट्रेलर :
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया