बुधबार सुनको मूल्य रु २०० ले बढ्यो

फाइल तस्बिर

बुधबार सुनको मूल्य सामान्य बढेको छ ।

छापावाल सुन बुधबार तोलामा २०० ले बढेर ७१ हजार ४०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा ७१ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोबार भएको छ ।

 

प्रकाशित मिति: : 2019-11-13 12:27:23

प्रतिकृया दिनुहोस्