अन्तर्वार्ता

जनताले साथ दिए बेलकोटगढीलाई समृद्ध बनाउन समय लाग्दैन : रुपा सापकोटा

Breaknlinks
Breaknlinks

स्थानीय तहको निर्वाचन नजिकिँएसँगै यतिबेला दलहरु चुनाव केन्द्रित अभियानमा छन्। चुनाव आउन अब एक हप्ता मात्रै बाँकी रहँदा सबै स्थानीय तहका उम्मेदवारहरु आ–आफनाे चुनाव चिन्ह र  घोषणापत्र लिएर घरदैलोमा निस्किएका छन्। 

यसरी जनताकाे घर–घरमा पुगेर भाेट माग्ने चटाेराेमा छिन्, नुवाकोट बेलकोटगढी नगरपलिकामा नेकपा (एमाले)बाट उपमेयर पदमा उम्मेदवारी दिएकी रुपा सापकोटा। चुनाव आएसँगै निरन्तर जनताकाे घरदैलाेमा पुगेर आफ्ना याेजना तथा विचारहरू राख्दै आएकी सपाकाेटालाई निर्वाचनकाे सन्दर्भमा रहेर हामीले केही प्रश्नहरू साेधेका छाैँ। प्रस्तुत छ, बिएल नेपाली सेवाकाे लागि मन्दिरा अधिकारीले गरेकाे कुराकानी:-


बेलकोटगढी नगरपलिकाको उपमेयरमा तपाईंकाे उम्मेदवारी किन ?

०७४ को चुनावमा प्राविधिक कारणले न्यून मतान्तरका कारण म चुनावमा असफल भएँ। तर, यस स्थानीय चुनावमा त्यही असफलतालई सफल बनाउन र बेलकोटगढीलाई समद्धिकाे बाटोतर्फ लम्काउन नै मेराे उम्मेदवारी हाे।

अब त चुनाव आउन एक हप्ता मात्रै बाँकी छ, तयारी कसरी गरिहनुभएकाे छ ?

हामी अहिले पनि घरदैलो अभियानमा छौँ। नगरपलिकाको विभिन्न ठाउँमा पुगेर टोलटोलमा सहकार्य गर्ने, जनताहरुका समस्यालाई नजिकबाट बुझ्ने कोसिसमा रहेका छौँ।

तपाईंको चुनाव जित्ने मुख्य आधारहरु के–के  हुन् ?

मैले विगतमा नगरपालिका र जनताका लागि गरेका कामहरु नै मैले चुनाव जित्ने प्रमुख आधार हुन्। 

तपाईंका भावी योजनाहरु के–के छन् ?

म बेलकोटगढीको  लागि सेवाको हरदम तयार रहनेछु। बेलकोटगढीलाई समृद्ध बनाउने, सडक पुलहरुको विस्तार एवम् निर्माण गर्ने, महिला तथा बालबालिकाको हक अधिकारकाे लागि सदैब अग्रसर रहने, शिक्षा, स्वास्थ्य एवम् अस्तव्यत रहको पुरातत्विक महत्वका सम्पदाहरुलाई संरक्षण तथा निर्माण गराउने। कृषिमा रुपान्तरण गर्न कृषि क्षेत्रलाई मजबुत बनाउने, जनताहरुको जीवनस्तर उकास्न रोजगारीको सिर्जना गर्ने तथा संम्रग बेलकोटगढीलाई समृद्ध बनाउने मेरा मुख्य उद्देश्य हुन।

चुनावी अभियानमा जाँदा मतदाताले के भन्नुहुन्छ ?

अभियानको क्रममा हालसम्म मैले सकारात्मक प्रतिक्रिया पाएकी छु। मतदाताहरु तपाईंलाई नै भोट हाल्छाैँ, तपाईंले नै जित्नुपर्छ भनिरहनु भएकाे छ।

अन्त्यमा तपाईं आफ्ना जनताहरुलाई के भन्न चाहनुहुन्छ ?

तपाईंहरुको साथ र सहयोग भएको खण्डमा हामी हाम्रो बेलकोटगढीलाई समृद्ध बनाउन सक्छौँ। तपाईंंहरुको सेवा गर्नु मेरो जिम्मेवारी हो। मेरो साथ तपाईंहरुलाई रहेको छ।

प्रकाशित मिति: : 2022-05-06 21:50:00

प्रतिकृया दिनुहोस्